मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनको यस्तो छ निर्वाचन तालिका

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनको यस्तो छ निर्वाचन तालिका


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ । संघको विश्वसम्मेलनको उदघाटन मंगलबार काठमाडौँस्थित होटल हायात रिजेन्सीमा हुँदैछ । 
 
संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा एक जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा एक/एक जना निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्रीय समितिबाट एकरएकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु निर्वाचित हुनेछन् ।
 
त्यसैगरी क्षेत्रीय उपसंयोजकअन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुनेछन् । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।
 
त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुन पाउने छन् । प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।
 
यसैबीच, सम्मेलन उदघाटनपश्चात् अर्थात बुधबार उम्मेदवारको मनोनयनदर्ता प्रक्रियादेखि मतदानको प्रक्रियासम्म चल्नेछ । बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको एक घन्टामै मतगणना गर्ने समितिले जनाएको छ । 
 
एनआरएनएको आगामी नेतृत्वका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन् । संघको आठौँ अन्तरराष्ट्रिय महाधिवेशनमा दुवैजना उपाध्यक्ष पदमा विजयी बनेका थिए ।
 
गैरआवासीय नेपाली संघको २००३ (२०१७ को संशोधन) सहितको विधानअनुसार इतिहासमै पहिलोपटक ५ जना उपाध्यक्ष पदमा (महिलासहित) निर्वाचन हुन लागेको हो । यसअघि सहमतिमै उपाध्यक्षको चयन हुँदै आएको थियो ।