मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल-चीनबीच १७ वटा समझदारी पत्रमा हस्ताक्षर

नेपाल-चीनबीच १७ वटा समझदारी पत्रमा हस्ताक्षर


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा नेपाल र चीनबीच १७ वटा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । 
 
होटल क्राउन सोल्टीमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल र सी को नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डलबीच उच्चस्तरीय भेटवार्ता  पश्चात् १७ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । 
 
राष्ट्रपति सी र ओलीबीच समझदारी पत्र आदानप्रदान भएसँगै सी स्वदेश फर्कने तयारीमा रहेका छन् । हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौँ र तातोपानी–काठमाडौँ सडक स्तरोन्नति, टोखा–छहरे सुरुङमार्ग, मदन भण्डारी विश्वविद्यालय, कर्णाली करिडोरलगायतका विषय समेटिएको छ । 
 
केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर तहको अध्ययनको विषयलाई पनि सहमति पत्रमा समावेश गरिएको छ। शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोल्टी होटलमा भेटवार्ता गरेका थिए । शनिबार नै भण्डारीले रात्रिभोजको आयोजना गरेकी थिइन् । 
 
सीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतले भेटवार्ता गरेका थिए ।