मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्वास्थबीमा नभएसम्म अमेरिकाले भिसा नदिने नीति

स्वास्थबीमा नभएसम्म अमेरिकाले भिसा नदिने नीति


अमेरिका – डिभी चिठ्ठा मार्फत वा अन्य आप्रवासी भिसा मार्फत अमेरिकामा स्थायी बसोबासका लागि आउने तयारीमा हुनुहुन्छ भने अब सुरुमै स्वास्थबीमा गर्नुपर्ने भएको छ ।
 
ट्रम्प प्रशासनले कार्यकारी आदेश मार्फत आप्रवासी भिसामा आउनेले स्वास्थबीमा लिएको वा बिरामी हुँदा उपचार गर्ने रकम भएकालाई मात्र अबदेखि अमेरिकामा प्रवेश दिने नीति लिएको छ ।
 
यो नीतिबाट धेरै नेपालीहरु समेत प्रभावित हुने संभावना छ । किनकी अधिकांश नेपालीले सुरुमै महंगो प्रिमियम तिरेर स्वास्थ बीमा लिने आर्थिक हैसियत राख्दैनन् ।
 
अमेरिकी नागरिकका लागि भन्दा आप्रवासी भिसा (ग्रीनकार्ड) मा आउने बाहिर देशका नागरिकका लागि स्वास्थ सेवामा बढी रकम खर्च भएको भन्दै ट्रम्प प्रशासनले यो नीति लिएको हो । आप्रवासीहरुले सरकारी स्वाथ बीमा चिप, मेडिकेट, मेडिकेयर लिँदै आएका छन् । 
 
स्वास्थबीमा नगरेमा भिसा रिजेक्ट गर्न सक्ने अधिकार समेत कन्सुलरलाई प्रदान गरिएको छ । यो नीतिले अधिकांश आप्रवासीलाई असर पार्ने भएको छ ।