मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अन्तरराष्ट्रिय सञ्चारमाध्यममा महराको राजीनामा

अन्तरराष्ट्रिय सञ्चारमाध्यममा महराको राजीनामा


हिमालयखवर संवाददाता
अमेरिका- करिव चार बर्ष अघि महाभुकम्पका कारण नेपाल अन्तराष्ट्रिय मिडियामा समाचार बनेको थियो । त्यस वेला धेरैले नेपालका वारेमा थाहा पाए । दुई दिन यता पनि नेपाल अन्तराष्ट्रिय मिडियामा छाएको छ ।
 
यसको कारण वनेका छन् राजीनामा दिएका सभामुख कृष्णबहादुर महरा ।
 
अमेरकाको प्रमुख मिडियाहरु द न्यूर्योक टाइम्स, द वासिंटन पोष्ट,  द बोस्टन ग्लोब्स, फक्स न्यूज, सीएनएन लगायतमा महराले महिलालाई उनकै कोठामा रेप गरेको आरोपका कारण राजिनामा दिएको उल्लेख छ ।
 
चर्चित अन्तराष्ट्रिय न्यूज एजेन्सी रोयटर्सले दिएको समाचारलाई धेरै मिडियाले आधार बनाएर स्थान दिएका छन् ।
 
खाडी मुलुकको अलजजिरा लगायत विश्वका अन्य समाचार संस्थाले पनि पुर्व सभामुख महरा सम्वन्धि समाचारलाई प्रथामिकता दिएका छन् ।
 
सभामुख महराले आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीको घरमा एक्लै गई रक्सी खाएर रेप गरेको आरोप लागेको छ । सभामुख महराले बलत्कार गरेर गएपछि प्रहरीलाई खवर गर्ने देखि नेपालवाट संचालित अनलाइन हाम्राकुरा डटकमसंग आफु माथि भएको घटनाको विवरण दिएकी थिईन ।
 
मिडियामा यो समाचार आएपछी आरोप लगाउने ती महिलाले भने भनाई फेरीकी छन् । तर, महराको सभामुख पद भने गएको छ । उनलाई सांसदवाट राजीनामा दिन पनि तिब्र दवाव परेको छ ।
 
यो घटना सार्वजनिक भए लगत्तै नेपाली मिडियाले महराको विवादस्पद पुरानो छबी समेत उल्लेख गरी समाचार दिएका छन् । उनी यस अघि चिनियां व्यापारीसंगको टेपकाण्ड, लडाकु व्यवस्थापनमा दिएको रकमको हिनामिना लगायतका काण्डमा फसेका थिए ।
 
आरोप लगाउने महिला महराले नै पढाएकी विद्यार्थी हुन् । महरा र उनी विच ३ दशक लामो चिनजान रहेको थियो ।