मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनए विश्व सम्मेलनमा जाने डेलिगेटका विषयमा अझै अन्यौलता

एनआरएनए विश्व सम्मेलनमा जाने डेलिगेटका विषयमा अझै अन्यौलता


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासिय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा अमेरिकावाट भाग लिन जाने प्रतिनिधि डेलिगेटको अझै टुंगो लाईसकेको छैन । अमेरिकावाट जाने डेलिगेटको विषयमा विवाद आएपछि अन्यौलता आएको हो ।
 
एनआरएनए अमेरिकाले डेलिगेटको सुची आईसीसीमा वुझाएको थियो । तर, आईसीसीले क्षेत्रिय संयोजक मार्फत सुची आउनुपर्ने जवाफ दिएपछि अन्यौलता वढेको हो । अवको प्रकृया अनुसार एनसीसी अमेरिकाले क्षेत्रिय संयोजकलाई सुची दिनुपर्ने छ । क्षेत्रिय संयोजकले त्यो सुची आईसीसीमा पठाउने छन् ।
 
तर, डेलिगेटको विषयमा एनसीसी अमेरिका र क्ष्ँेत्रिय संयोजक विच सहमती हुन सकेको छैन ।
 
एनआरएनए अमेरिकाले छानेका डेलिगेटमा विवाद भएपछि क्षेत्रिय संयोजक गौरी जोशीले छानविन समिति वनाएका थिए । समितिले करिव ५० जनाको नाम समावेश गर्नु पर्ने प्रतिवेदन दिएको थियो । आईसीसीको मापदण्ड र एनआरएनएमा सकृयताका आधारमा  उक्त समितिले ती ५० जनाको नाम राख्नु पर्ने प्रतिवेदनमा उल्लेख गरेको थियो । क्षेत्रिय संयोजक जोशीले यी नाम आईसीसीमा पठाएका थिए ।
 
यस अघि एनआरएनए अमेरिकाले आफ्नो आईसीसीलाई दिईसकेको थियो ।
 
आईसीसी महासचिव बद्री केसीले पठाएको पत्र अनुसार जोशीले एनसीसी अमेरिकालाई आईसीसीको प्रावधान अनुसार नाम थपघट गरी डेलिगेटको अन्तिम सुची दिन पत्राचार गरेका छन् । यसले गर्दा अव के हुन्छ भन्ने अन्यौलता आएको हो ।
 
एनआरएनए अमेरिका अध्यक्ष लगायत केही पदाधिकारी नेपाल तर्फ लागिसेका छन् । अव कसलाई झिक्ने कसलाई राख्ने यो पनि सजिलो छैन । यसले गर्दा अन्तिम समयमा काठमाडौमै विवाद अझ चर्किने संभावना पनि छ ।
 
डेलिगेटमा नाम समावेश भएपनि केही अन्तिम समयममा नेपाल जान नसक्ने अवस्था पनि छ । करिव २० जना जति जान नसक्ने अवस्थामा रहेको एनसीसी अमेरिका निकट स्रोतले वनाएको छ । यी २० जनाको स्थानमा क्षेत्रिय संयोजकले तयार पारेको सुचीबाट नाम समावेश गर्न सकिने विकल्प भने छ  । आईसीसीको प्रावधान अनुसार २० प्रतिशत नाम प्रतिक्षासुचीमा राखेर पठाउनु पर्ने हुन्छ । यसले गर्दा काठमाडौ नजानेको नाम हटाएर प्रतिक्षा सुचीवाट थप गर्न सकिन्छ ।