मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्यो : सभापति देउवा

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्यो : सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताएका छन् । 
 
नेपाल राष्ट्रिय मगर संघ प्रदेश नं ३ समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे ।
 
सो अवसरमा सभापति देउवाले रेडियो नेपालको दिपायल कार्यालयमा कामबाट हटाईएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न मागसमेत गरे । फरक प्रसंगमा उनले नेपालका आदिवासी÷जनजातिमध्ये मगर समुदायको जनसंख्या सबैभन्दा बढी भएकाले सोहीअनुसार कांग्रेसले प्राथमिकतामा राखेको बताए ।
 
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्ष दलकै निर्देशनमा आफ्नो पार्टीमाथि एकपछि अर्काे आक्रमणका घटना भएको आरोप लगाउँदै घटनाका अपराधीलाई कारबाही नगरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । 
उनले संविधानले अगिकार गरेका बहुलवाद, बहुदलीय लोकतन्त्रलगायतका मूलभूत व्यवस्थामाथि सरकारबाटै खतरा देखिएको औंल्याए । 
 
महामन्त्री डा शशांक कोइरालाले ठूलो संघर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको जिकिर गरे । साथै उनले कांग्रेस नेतत्वको सरकारले विगतमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार विकास, यातायात, पर्यटनलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै आगामी दिनमा कृषिको व्यवसायिकरणमा लाग्नुपर्ने धारणा व्यक्त गरे । 
 
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा,  सिन्धुलीका पार्टी सभापति उज्वल बराल, मगर संघका केन्दीय अध्यक्ष ओम थापा मगर, नेता मोहनप्रसाद बराललगायतले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सुदृढीकरण र एकढिक्का हुनुपर्ने धारणा व्यक्त गरे ।