मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

आईसीसी सम्मेलनमा जाने प्रतिनिधिका विषयमा एनआरएनए अमेरिकामा तीव्र विवाद

आईसीसी सम्मेलनमा जाने प्रतिनिधिका विषयमा एनआरएनए अमेरिकामा तीव्र विवाद


हिमालयखबर संवाददाता
अमेरिका- एनआरएनए अमेरिकामा विवाद यो कुनै नयां होइन । पछिल्लो पटक गैर आवासिय नेपाली संघ(एनआरएनए) को काठमाडौ सम्मेलनमा भाग लिने जाने प्रतिनिधि डेलिगेटका विषयमा विवाद आएको छ ।
 
एनआरएनए अमेरिकाका कार्यसमितिका बहुमत सदश्यले एनआरएनए एनसीसी अमेरिकामा बहुमत पदाधिकारी  द्धारा आईसीसी डेलिगेशन छनौट समितिको नामाबली अस्वीकृत गरेको भन्दै विज्ञप्ती जारी गरेका छन् ।
 
अक्टोबर मध्येमा काठमाडौमा हुन लागेको सम्मेलनमा अमेरिकावाट जाने डेलिगेटको तेस्रो सुची विहिवार जारी गरिएको थियो । यस प्रति एनआरएनए अमेरिकाका उपाध्यक्ष, सचिव, युवा संयोजक, महिला सयोजक र बोडै अर्फ डायरेक्टर गरी कार्यसमितिका १३ जनाले असहमती जनाएका छन् ।
 
अभियान संस्थागत सुद्धिकरण भन्दै जारी विज्ञप्तिमा हामी एनआरएनए एनसीसीका बहुमत पदाधिकारहरुले आईसीसी डेलिगेसन छनौट समितिले तयार पारेको आईसीसी डेलिगेशन नामाबलीलाई अस्वीकृत गर्दछौं भनिएको छ । बिज्ञप्तिमा आईसीसीको विधान नियम र सक्षमलाई डेलिगेसन वनाउनु पर्नेमा नाता गोता लगायतलाई राखिएको उल्लेख छ ।
 
यहांवाट जाने प्रतिनिधि अर्थात डेलिगेटले एनआरएनएको नयां नेतृत्वको चुनावमा मतदान गर्न पाउंछन् । यसले गर्दा पनि यसमा को परे को परेनन् भन्ने प्रतिष्ठाको विषय थियो ।
 
एनआरएनए नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरिसकेका छन् । यस्तै अमेरिकावाट पनि उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष लगायतका पदमा उम्मेदवारी घोषणा गरिएको छ । यसवाहेक क्षेत्रिय संयोजक र उपसंयोजक पदमा पनि एक भन्दा वढी उम्मेदवार छन् ।
 
यो निर्वाचनमा नेपालका राजनीतिक पार्टीको समर्थन जुटाउने, लिने प्रयास पनि भईरहेको छ । यसले गर्दा पनि को डेलिगेटमा परे परेनन् भन्नेले वढी चर्चा पाएको हो ।
 
आईसीसीले एनआरएनए अमेरिकाले पठाएको यो सूचीलाई मान्छ त ? क्षेत्रिय संयोजक गौरी जोशी भन्छन् कसलाई प्रतिनिधि वनाउने भन्ने आईसीसीको विद्यानमा स्पष्ट छ, त्यस अनुसार पार्नु पर्नेलाई राखिएको रहेनछ भने सच्याउन सकिन्छ । यसका लागि क्षेत्रिय संयोजक मार्फत आईसीसीमा आफ्नो दावी लिखित रुपमा राख्न सकिन्छ । यसको आधारमा आईसीसीले निर्णय लिने छ ।
 
अमेरिकावाट करिव १६० जना प्रतिनिधि सम्मेलनमा भाग लिदैं छन् ।
 
प्रतिनिधि छनौटमा अनियमितिता भएको भन्दै एनआरएनए अमेरिकाको विशेष साधारण सभा बोलाउन केही सदश्यले माग पनि गरेका छन् । यसका लागि हस्ताक्ष्रर  अभियान शुरु भएको समाजिक संजालमार्फत जानकारी दिईएको छ ।