मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस कर्मशील हुनुपर्छ : नेता पौडेल

कांग्रेस कर्मशील हुनुपर्छ : नेता पौडेल


लमही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कांग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् । 
 
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 
 
नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राखे ।
 
“अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’’ पौडेलले भने । 
 
उनले कुनै एउटा नेताको फेर समाएरमात्र पार्टी बलियो नहुने भन्दै अब कांग्रेस कर्मशील हुनुपर्ने बताए । ‘यो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हो कांग्रेसको भविष्य निर्धारण यसैले गर्नेछ यसमा सबैले बिवेक पु¥याउनुपर्छ’, पौडेलले भने । 
 
नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छ कि भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताए । ‘दुई तिहाइको सरकार अहिले अल्मलिएको छ राष्ट्रको विकास र समृद्धिको यात्रा कांग्रेसले नै गर्छ’, उनले भने ।