मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

ड्यालासमा नयां शैलीमा दशैं मनाउंदै नेपस्टार

ड्यालासमा नयां शैलीमा दशैं मनाउंदै नेपस्टार


टेक्सस(अमेरिका)-  ड्यालासमा नयां शैलीमा दशैं मनाउंदै नेपस्टार ड्यालास, ड्यालासमा रहेका सकृय नेपाली युवाहरुको क्बल नेपस्टार अफ डिएफडब्लु क्लबले नेपालीहरुको महान् चाड दशै फरक शैलीमा मनाउने तयारी गरेको छ । गतसालबाट सामुहिक रुपमा दशै मनाउन शुरु गरेको क्लबले यस बर्ष अझ भब्य र सभ्य रुपमा दशैं मनाउने तयारी गरेको हो । क्लबका अध्यक्ष नारायण क्षेत्रीका अनुसार यहि अक्टोबर ५ र ६ दुई दिनसम्म हुने कार्यक्रममा खेलकुद, मनोरञ्जन लगायतको सम्पुर्ण प्याकेजको तयारी भईरहेको छ । 
 
अक्टोबर ५ तारिखका दिन युलेशमा भलिबल प्रतियोगीता हुने र ६ तारिख पुरस्कार बितरण तथा सामुहिक बनभोज गरेर दशै मनाउन लागिएको आयोजकहरुले जनाएका छन् । ५ तारिखका दिन हुने भलिबल खेलमा महिला तथा पुरुषहरु सहभागि भएर युलेशको ओक रिज कम्युनिटी पार्कमा भलिबल खेल्नेछन् भने ६ तारिख युलेशकै लियोन होग पभिलियन अर्थात् बियर क्रिक पार्कमा कार्यक्रम हुने छ । भलिबलको प्रथम हुने टिमले दुई हजार डलर र दोश्रो हुनेले १२ सय डलर पुरस्कार पाउने कार्यक्रमको दोश्रो दिन ६ तारिख भने निशुल्क प्रवेश राखिएको सचिव भुवन आलेले बताए । 
 
ड्यालासमा रहेका सबै नेपालीहरुलाई दुबै दिनको कार्यक्रममा सहभागी भएर सामुहिक रुपमा दशैं मनाउन आयोजकहरुले आग्रह गरेका छन् ।