मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनएचयूमा नयाँ कार्यसमिति

एनएचयूमा नयाँ कार्यसमिति


ह्युस्टन (टेक्सस)- ह्युस्टनमा बस्ने नेपालीहरुमा भएको युवा चेत र जाँगरले नेपाली भाषा, संस्कृति र चाड्पर्वको सम्वर्द्धन गर्न र नेपाली समुदायबीच आपसी सहयोग र सद्भाव बाँड्ने उद्देश्यले करीब तीन बर्ष अघि गठित नेप्लिज हेरिटेज यूनियन (एनएचयू) ले बावुराम बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। हालै ह्युस्टनस्थित आशियाना रेष्टुरेण्टमा सम्पन्न संस्थाको साधारण सभाबाट एनएचयूले आफ्नो नयाँ कार्यसमिति चयन गरेको हो। 
 
अधिवेशनबाट डिसज न्यौपाने, दिपेन्द्र गौतम र हिमाल पंगेनी सहित तीन जना उपाध्यक्ष चयन भएका छने भने कर्ण बोगटी र रमा भट्टराई क्रमश: महासचिव र कोषाध्यक्षमा सर्वसम्मत भएका छन्।  
 
नव निर्वाचित अध्यक्ष र निवर्तमान कार्यसमितिका पदाधिकारीहरुको सल्लाहमा तीनजना सचिव, एक सहायक कोषाध्यक्ष र सातजना कार्यसमिति सदस्य पनि अधिवेशनस्थल मै मनोनीत भएका थिए। लक्ष्मण भण्डारी, तुलसीराम बस्याल र दामोदर भण्डारी रहेको निर्वाचन समितिले नवगठित कार्यसमितिको घोषणा गरेको थियो। 
 
तस्बिर: एनएचयू