मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्छ : डा मिनेन्द्र रिजाल

विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्छ : डा मिनेन्द्र रिजाल


हिमालयखबर संवाददाता-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् डा मिनेन्द्र रिजालले विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिने बाटोमै जानुपर्ने बताएका छन् । अहिले वर्तमान संविधानले विदेशमा बस्ने नेपालीलाई दिने भनेको गैरआवासीय नागरिकता दोहोरो नागरिकता नभएको उनले बताए ।
 
एकसाताअघि केही दिनका लागि अमेरिका भ्रमणमा आएका डा रिजालले हिमालयखबरसँग कुरा गर्दै उक्त धारणा व्यक्त गरेका हुन् । राजनीतिक अधिकारसहित नागरिकता विदेशमा बस्ने नेपालीलाई दिनुपर्छ भन्ने पक्षमा आफू रहेको पनि उनले बताए ।
 
नेपालको अर्थतन्त्रमा विदेशमा बस्ने नेपालीको ठूलो योगदान रहेको तथ्यलाई नहेरी भूतपूर्व नेपाली भन्नु गलत भएको उनले बताए । गैरआवासीय नेपाली संघले यसलाई राम्रोसँग प्रतिवाद गर्न नसकेको डा रिजालले बताए ।
 
संसदमा प्रतिपक्षी पार्टी नेपाली कांग्रेसबाट अर्थमामिला (छायाँ अर्थमन्त्री) हेर्ने जिम्मेवारी पाएका डा रिजालले अर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्रको गम्भीर समस्या बुझेर पनि त्यसअनुसार काम गर्न नसकेको बताए । अर्थमन्त्रीले प्रधानमन्त्रीलाई अहिलेको अर्थव्यवस्थाको जटिलता सम्झाएर सुधारका कदम लिन सकेनन् भने नेपालको अर्थतन्त्र गम्भीर दुर्घटनामा पर्ने उनको ठहर छ । 
 
वर्तमान राजनीतिक अवस्था सुधारका लागि नेपाली कांग्रेसभित्र पनि सुधारको खाँचो रहेको उनले स्पष्ट पारे । विदेशमा बस्ने नेपालीका नागरिकतासम्बन्धी माग, नेपालको अर्थतन्त्र र नेपाली कांग्रेसबारे डा मिनेन्द्र रिजालसँग अमेरिकाको टेक्ससमा हिमालयखबरले लिएको अन्तर्वार्ताको संक्षेप-