मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग अनुसन्धान गर्न आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग अनुसन्धान गर्न आदेश


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको राजनीतिमा अन्यौलता र अनिश्चियतता वढेको छ । तल्लो सदन मानिने हाउस अफ रिप्रेजेन्टेटीभ अर्थात कंग्रेसमा बहुमत पक्षधर नेता नेन्सी पोलेसीले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगका लागि अनुसन्धान गर्न निर्देशन दिएपछि अमेरिकाको राजनीति तरल वनेको हो ।
 
हालै सार्वजनिक भएको युक्रेन काण्डलाई दृष्टिगत गरी विपक्ष पार्टी डेमाक्र्याटको समर्थनमा राष्ट्रपतिलाई पदवाट हटाउन महाहिभयोग प्रकृयाअघि वढाईएको हो ।
 
यो महाभियोग प्रकृया छिनोफानो हुन करिव ४ महिनासम्म लाग्न सक्छ । कांग्रेसमा विपक्षी डेमाक्र्याट पार्टीको बहुमत छ । तर, माथिल्लो सदन मानिने सिनेटमा भने डेमोक्र्याट पार्टी अल्पमतमा छ । यो महाभियोग प्रस्ताव अगाडी वढेमा राष्ट्रपतिलाई पदमुक्त गर्न रिपव्लिकन पार्टीका केही जनप्रतिनिधिहरुको पनि समर्थन आवश्यक पर्छ ।
 
राष्ट्रपतिले ट्रम्पले आफ्नो पार्टी र प्रतिपक्षीसंग कसरी व्यवहार गर्छन यसले उनको राजनीतिक भविष्य निर्धारण हुने छ ।
 
न्यूयोर्कमा राष्ट्रसंघको सम्मेलनका लागि विभिन्न देशका प्रमुख अमेरिका आएकै वेला राष्ट्रपति ट्रम्प माथि महाभियोग प्रस्ताव प्रस्ताव अघि वढाईएको हो । महाभियोग प्रकृया अगाडी वढाउने निर्देशन दिएका वेला ट्रम्प विश्व नेतासंग भेटघाटमा व्यस्त थिए ।
 
राष्ट्रपति ट्रम्पले आफुमाथि महाभियोग प्रस्ताव अगाडी वढाउन अनुसन्धानका लागि दिईएको निर्देशनलाई दुर्भाग्यपुर्ण वताएका छन् । उनले आफुले अमेरिकी जनताको पक्षमा काम गरिरहेको दावी गर्दै यसलाई राष्ट्रपतिलाई हतोत्साहित गर्न खोजेको आरोप लगाएका छन् ।
 
ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई आफ्नो पदको दुरुपयोग गर्दै विपक्षी पार्टीका २०२० का राष्ट्रपति उम्मेदवार तथा पुर्व उपराष्ट्रपति जो बादेन माथि छानविन गर्न भनेको समाचार सार्वजनिक भएपछि अमेरिकाको राजनीतिक तातेको थियो । राष्ट्रपतिको यो कदमले अमेरिकाको निर्वाचनमा विदेशीलाई हस्तक्षेपका लागि आव्हान गरिएको रुपमा विश्लेषण गरिएको छ ।