ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका पूर्ब उपाध्यक्ष राम सी पोखरेलले क्षेत्रीय सह संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबार टेक्ससको युलेसमा पत्रकार सम्मेलन मार्फत पोखरेलले एनआरएन अमेरिकाज क्षेत्रको सह संयोजक (डेपुटी रिजनल को–अर्डिनेटर) पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘अमेरिकामा लामो समयदेखि बस्दै आएको र एनआरएन अमेरिकाको उपाध्यक्ष भएर काम गरिकेको अनुभवका आधारमा मैले यो संस्थालाई थप योगदान गर्न सक्छु’ पोखरेलले भने ।
एनआरएनको नवौँ विश्व सम्मेलन आउँदो अक्टोबर १५ देखि १८ काठमाडौंमा हुँदैछ । यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको छ ।
पोखरेलले ड्यालसको सबैभन्दा प्रतिष्ठित र ठूलो संस्था नेपाली समाज टेक्ससको नेतृत्व समेत गरिसकेका छन् । उनले ड्यालसको लायन्स क्लबको समेत अध्यक्ष भएर समुदायमा सेवा गरिसकेका छन् ।
‘मैले क्षेत्रीय सह संयोजकले हैसियतले अमेरिकी महाद्विपका कम्तिमा दुईवटा देशमा एनआरएनको राष्ट्रिय समिति गठनका लागि पहल गर्नेछु’ उनले प्रतिवद्धता जाहेर गरे । यसका अलावा एनआरएनको भिजन–२०२० लाई कार्यान्वयन गर्नका लागि पहल गर्ने, अमेरिका र क्यानडामा रहेका नेपालीहरुको लागि आवश्यकता अनुसार सहयोग, क्षमता विकासका लागि जनशक्तिको परिचालन गर्ने लगायतका योजनाहरु उनले प्रस्तुत गरे ।
पोखरेलले अमेरिका र क्यानडामा रहेका नेपाली समुदायबाट आफुलाई सहयोग प्राप्त हुने अपेक्षा राखेका छन् ।
टेक्ससमा सफल व्यबसायीका रुपमा परिचित पोखरेल सामाजीक क्षेत्रमा त्यत्तिकै सकृय छन् । टेक्ससको नेपाली मन्दिर स्थापनामा समेत पोखरेलको निकै ठूलो योगदान रहेको छ ।
प्रतिक्रिया