मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पार्टीभित्र अराजकता बढेको छः मुख्यमन्त्री शाही

पार्टीभित्र अराजकता बढेको छः मुख्यमन्त्री शाही


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीभित्र अराजकता बढेको बताएका छन् ।  
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी सङ्गठनको प्रदेशस्तरीय कमिटी गठन तथा शपथग्रहण कार्यक्रमलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले पार्टीका जिम्मेवार नेता/कार्यकर्ताहरुले भेटेर सुझाव दिनुको साटो सामाजिक सञ्जालमा सरकारको विरोध गर्ने गरेकोप्रति गुनासो गरे ।
 
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पार्टी नेताहरुमै अराजक प्रवृत्ति हाबी भएकाले लगाम कसले लगाउने रु भनी प्रश्न गरे । 
“नेकपा अनैतिक व्यक्तिको जमघट गर्ने थलो होइन, घोषणापत्रअनुसार काम नभएको भए पार्टीले फिर्ता गर्नुपर्छ”, उनले भने, “पार्टीका नेता÷कार्यकर्ताले सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ, सरकार नेकपाकै हो, सरकारको मात्रै असफलता हुँदैन, यसमा पार्टी पनि भविष्य जोडिएको छ ।”
 
मुख्यमन्त्री शाहीले विगतमा जस्तो बजेट बाँड्ने तर काम नहुने प्रथाको अन्त्य गर्न जरुरी रहेको बताए ।
 
नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले समृद्ध कर्णालीका लागि हातेमालो गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । नेकपा निकटका व्यवसायीले राज्यले दिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढङ्गले सम्पन्न गरेर पार्टीको शाख बचाउनुपर्ने उनले सुझाव दिए । 
 
प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले आफ्नो डेढवर्षे कार्यकालमा ३०० योजनाको बोलपत्र तथा रु सात अर्ब बराबरको ठेक्का स्वीकृत गरिएको जानकारी दिए । 
 
भेलाले जुम्लाका निर्माण व्यवसायी अशोक श्रेष्ठको संयोजकत्वमा ४३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।