मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रकृतिको दोहन रोक्न सरकारको ध्यानाकर्षण

प्रकृतिको दोहन रोक्न सरकारको ध्यानाकर्षण


रुपन्देही । भू तथा पर्यावरण संरक्षण अभियान नेपालले चरमरूपमा प्राकृतिक दोहनले पर्यावरणमा असर पु¥याएकाले यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
 
उक्त संस्थाको केन्द्रीय समिति बैठकले अन्तरराष्ट्रियस्तरमै पर्यावरणको समस्या बढेकाले यसको संरक्षणका लागि उचित कदम चाल्न माग गरेको हो ।
 
बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष रश्मिराज नेपालीले भू तथा पर्यावरण क्षेत्रमा भएका असरप्रति सरकारको ध्यान पुग्न नसकेको गुनासो गरे । 
 
उनले विकास निर्माणका नाममा पहाडी क्षेत्रमा पर्यावरणलाई ध्यान नदिइ जथाभावी डोजर र स्काभेटर प्रयोग गर्दा प्राकृतिक विपद् बढेको बताए ।
 
रोल्पाको रुटिङ्गढी गाउँपालिका वडा नं ६ होलेरीस्थित मुडुले लेखमा चुनढुङ्गाको उत्खननले गाउँ नै विस्थापित हुने खतरा रहेको, तराई–मधेशमा पर्यावरणलाई ध्यान नदिइ उद्योग सञ्चालन गर्दा मानव बस्ती सङ्कटमा परेको र विभिन्न जिल्लामा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगबाट परेको असरबारे जनतालाई सचेत बनाउने बैठकले निर्णय गरेको उनले जानकारी गराए ।
 
उक्त संस्थाका उपाध्यक्ष दुर्गा पौडेलले प्राकृतिक सम्पदाको दोहनले मानव बस्तीका साथै त्यस्ता सम्पदा पनि सङ्कटमा परेकाले यसप्रति सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने, “पर्यावरणको संरक्षणमा ध्यान नदिँदा पानीको सतह घट्दै गएको र यसले भविष्यमा ठूलो सङ्कट निम्त्याउने खतरा छ ।”