मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

शेखर मोटर्सको उद्घाटनसँगै ‘एसयूभी टाटा एच’ सार्वजनिक

शेखर मोटर्सको उद्घाटनसँगै ‘एसयूभी टाटा एच’ सार्वजनिक


चितवन । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच चितवनमा शेखर मोटर्समार्फत सार्वजनिक गरेको छ । 
 
टाटा शोरुमको शुक्रबार एक समारोहबीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले रिबन काटेर समुद्घाटन गरे ।
 
टाटा मोटर्सको नयाँ सोरुम शेखर मोटर्सको उद्घाटन गरिएसँगै एसयूभी टाटा एच पनि सार्वजनिक गरिएको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा सुरुवाती ५६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
 
नेपाली बजारमा टाटा एचफाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो । शेखर मोटर्सका संचालक शेखर धरेलले टाटा एचफाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउनुको साथै गाडीका पारखीहरुलाई मनपर्नेमा विश्वस्त रहेको उल्लेख गरे ।
 
क्रियोटेक २.० लिटर टर्बा डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डि एट प्लेट फर्ममा निर्माण गरिएको गाडी हो । 
 
आकर्षक रहेको टाटा एचफाइभमा पुश बटन स्टार्टस्टप, सेमी डिजिटल इन्स्ट्रमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।