मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाँके आक्रमणको दोषीलाई कारबाही नगरे कांग्रेसले आन्दोलन गर्ने

बाँके आक्रमणको दोषीलाई कारबाही नगरे कांग्रेसले आन्दोलन गर्ने


काठमाडौं  ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणको घोर भत्सर्ना गर्दै सरकारले दोषीलाई कारबाही नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
 
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको विरोधमा शनिबार बिहान गृहमन्त्रीलाई जिल्ला सभापतिहरुले ज्ञापनपत्र बुझाउने, अपराह्न माइतीघर मन्डलामा प्रदर्शन गर्ने जानकारी दिए ।
 
प्रवक्ता शर्माले जिल्ला सभापति एवं ७० वर्षीया नेत्री कोइरालामाथि भएको आक्रमणले सत्तारुढ दल नेकपाका व्यक्तिहरुको मानसिकता उजागर गरेको टिप्पणी गरे ।
 
बाँके घटना लगायत शान्ति सुरक्षाको खस्किएको स्थिति र सरकार संरक्षित गुण्डागर्दीका विरूद्ध सम्बन्धित निकायहरूमा ज्ञापनपत्र दिनेसमेत उनले बताए ।