मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अध्यक्षका पदका लागि उम्मेदवार हुन १० लाख रुपैंया

एनआरएनए अध्यक्षका पदका लागि उम्मेदवार हुन १० लाख रुपैंया


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को अध्यक्षका लागि उम्मेदवार दिन मनोनयन शुल्क मात्र १० लाख  रुपैंंया (१० हजार अमेरिकी डलर ) तोकिएको छ ।
 
यो उम्मेदवारको फिर्ता नहुने रकम हो ।
 
यो यस अघिको भन्दा झण्डै दोब्बर वढी हो । अध्यक्षपदमा २ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । उपाध्यक्ष लगायत अन्य पदमा कयौं उम्मेदवारको दावी छ । अमेरिकावाट मात्र पदाधिकारीमा ५ जनाभन्दा वढीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
 
एनआरएनए नेतृत्वमा व्यवसायीक क्षेत्रका व्यक्तिहरुको सहभागिता वढी छ । निर्वाचन, भ्रमण, भेटघाट महंगो भएकाले पनि एनआरएनए नेतृत्वमा पुग्न निकै खर्चिलो छ । यही भएर एनआरएनएलाई धनीहरुको संस्था भन्ने आरोपपनि लागेको छ ।
 
एनआरएनएको नयां नेतृत्व चयन लगायत विभिन्न विषयमा छलफल गर्न अक्टोबरको मध्येमा काठमाडौ हायात होटलमा तीन दिने सम्मेलन हुदैं छ । त्यसवेला अध्यक्षपदका उम्मेदवारले मनोनयन गर्दा उक्त रकम तिर्नु पर्ने हुन्छ ।
 
अन्य पदका उम्मेदवारका लागि पनि मनोनयन रकम कम छैन । उपाध्यक्ष र महासचिवका लागि ६ लाख रुपैंया मनोनयन शुल्क तोकिएको छ  । सचिव र सह कोषाध्यक्ष हुन चाहनेले मनोनयनका लागि ५ लाख रुपैंया वुझाउनुपर्ने छ । सहकोषाध्यक्षकाक्षका लागि ४ लाख,महिला तथा युवा संयोजक, क्ष्ँेत्रिय संयोजकका लागि ३ लाख ५० हजार र यसमा उपसंयोजकहरुका लागि २ लाख ५० हजार रुपैंया मनोनयन शुल्क तोकिएको छ ।
 
निर्वाचनमा सहभागी हुन जाने प्रतिनिधिले २०० अमेरिकी डलर (करिव २० हजार रुपैंया) तिर्नु पर्ने छ । खाडी मुलुकवाट जाने प्रतिनिधिका लागि भने एक सय डलर तोकिएको छ ।