मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

भिजन २०२० को कार्यान्वयन मेरो प्रमुख एजेण्डा, गौरी जोशी

भिजन २०२० को कार्यान्वयन मेरो प्रमुख एजेण्डा, गौरी जोशी


हिमालयखवर संवाददाता
अमेरिका– गैर आवासिय नेपाली संघ अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीले एनआरएनए आईसीसीमा सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । आफ्नो कर्मक्षेत्र टेक्सस डलासमा सोमवार केही पत्रकारहरुसँग जोशीले उक्त जानकारी दिएका हुन् ।
 
एनआरएनए आईसीसीको नयाँ नेतृत्वका लागि करिव एक महिना पछि काठमाडौमा निर्वाचन हुदैंछ । जोशी अहिले चुनावी अभियानमा छन् ।
 
एनआरएनएनएमा लागेर तपाईले के बुझ्नु भयो, अझ अगाडी तपाई किन सचिव पदमा जान खोज्नु भयो ? भन्ने प्रश्नमा जोशीले भने–'हामीले अमेरिकामा विज्ञ भेलाको शुरुआत गर्यौं यो सफल भयो यो मेरो कार्यकालको माइलस्टोन पनि हो यसैलाई आधार बनाएर केन्द्रमा पनि यस्तो भेला गरियो यो पनि सफल भयो यसको उत्साहले यो धनीको मात्र होइन समग्र विदेशमा वस्ने सवैको साझा सस्था हो यसमा लागि काम गर्नु पर्छ र सकिन्छ भनेर मैले सचिवमा उम्मेदवारी दिन लागेको हो ।'
 
नेपालमा जाँदा एनआरएनए कार्यलयमा जाँदा आफुले धेरै समस्या देखेको काम गर्ने तरिकामा समस्या छ त्यहाँ सुधार र भिजन २०२० लाई कार्यान्वयनपनि आफ्नो एजेण्डा भएको जोशीले बताए । भिजन २०२० एनआरएनएको नीतिगत दस्तावेज हो । यसमा एनआरएनएलाई कसरी अगाडी वढाउने भन्ने यो दस्तावेजमा उल्लेख छ ।
 
गैर आवासीय नेपालीका नीतिगत समस्याहरु कसरी सम्वोधन गर्न सकिन्छ भन्ने यो दस्तावेजमा उल्लेख छ । धेरै समस्याहरु एनआरएनए भिजन २०२० कार्यान्वयन गर्दा सम्वोधन हुने जोशीले बताए ।
 
तपाई क्षेत्रीय संयोजक हुनुहुन्छ कार्यकालको मूल्यांकन कसरी गर्नु हुन्छ ? भन्ने प्रश्नमा जोशीले भने– केही छिटफुट विवाद वाहेक म सफल क्षेत्रीय संयोजक हुं आईसीसी सचिवालयमा एमआईएस सिस्टम डेभलप गरें यो अधिकांश देशमा लागु भएको छ र चितवनमा बल्ड बैंक, सिन्धुलीगढीमा हाम्रो संलग्नता, विज्ञ भेला लगायत नेपालमा भएका काममा आधारमा म सफल आरसी हुँ ।'
 
नेपाली नागरिकताको निरन्तरतरता र नेपालमा सम्पत्ति राख्न पाउने सवालमा उठेका सवालमा जोशीले भने 'भिजन २०२० मा नीतिगत लबिङ्ग गर्नका लागि समूह बनाउने उल्लेख छ यसले यसलाई सम्वोधन गर्छ भन्ने मलाई लाग्छ त्यसैले मेरो उम्मेदवारी भिजन २०२० को कार्यन्वयनमा जोड दिनुनै हो ।'
 
काठमाडौमा डेलिगेटका रुपमा को जाने को नजाने भन्ने कुनै ठूलो मुद्दा नभएको जोशीले बताए । एनआरएनमा दिएको योगदानका आधारमा डेलिगेट राख्ने हो यसका लागि विधान नियम छ जोशीले भने ।
 
जोशीले उम्मेदवारी दिन चाहने सबैले सल्लाह गरेर जाँदा उपयुक्त हुने, आपसमा सहयोग हुँदा फाइदा हुने बताए ।