मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक

प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक


काठमाडौँ ।  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 
 
प्रधानसेनापति थापाले आज नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । 
 
सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो । थापाको लमजुङ बेँसीसहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा दुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा–५ मा चार रोपनी ११ आना जग्गा छ । 
 
थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीसहरमा एक रोपनी जग्गा रहेको छ ।
 
यस्तै प्रधानसेनापति थापाको नेपाल इन्भेष्टमेन्ट बैंकमा रु १६ लाख ६१ हजार, सोही बैंकमा पाँच हजार नौ सय अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा रु ४२ हजार र श्रीमतीको नाममा मेघा बैंकमा रु ५० हजार रहेको छ । 
 
श्रीमतीको नाममा मेघा बैंकको २४ हजार कित्ता प्रमोटर र नौ हजार साधारण शेयर रहेको छ भने डिसिबिएल बैंक र ग्लोबल बैंकमा ७० र शिवश्री हाइड्रोपावरमा १० हजार कित्ता शेयर रहेको उल्लेख छ । 
 
उनले ग्लोबल आइएमईबाट रु १८ लाख, कल्याणकारी कोषबाट रु पाँच लाख, एनबी बैंकबाट रु ९८ लाख र लक्ष्मी बैंकबाट रु ३० लाख ४५ हजार विभिन्न मितिमा ऋण लिएको देखिएको छ । उनीसँग फिगो फर्ड कार रहेको छ । रासस