मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गणतन्त्र उल्टाउन खोज्नेहरु सफल हुँदैनन् : दाहाल

गणतन्त्र उल्टाउन खोज्नेहरु सफल हुँदैनन् : दाहाल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको आरोप लगाएका छन् ।
 
पार्टी मुख्यालय धुमबराहीमा सोमबार आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनलाई अपमानित गर्ने काम अमान्य हुने बताए ।
 
सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन नसक्ने उनको चेतावनी थियो । उनले भने,  ‘जनताको लोकप्रिय दुई तिहाइ मतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा त हामी पुगेका छौँ। तर वैचारिक स्पष्टता, निष्ठा, नैतिक चरित्र र आचरणका हिसाबले खस्किएका छौँ ।’
 
अध्यक्ष प्रचण्डले राष्ट्रिय जागरणको अभियान देशव्यापी रुपमा लिएर जाने तयारीमा नेकपा रहेको भन्दै त्यसका लागि पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने बताए ।
 
‘यही पार्टी र सरकारलाई बलियो बनाउन एकताबद्ध हुनुको विकल्प छैन,’ अध्यक्ष प्रचण्डले भने ।