मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

काफ्ले ह्युस्टनकोलागि पर्यटन दूत नियुक्त

काफ्ले ह्युस्टनकोलागि पर्यटन दूत नियुक्त


हिमालयखबर संबाददाता
ह्युस्टन (टेक्सास)- नेपाल सरकार , पर्यटन बोर्डले यहाँका सक्रिय सामाजिक अभियन्ता एवं होटल व्यवसायी जगदीश ( ज्याक ) काफ्लेलाई दुईवर्षको लागि अवैतनिक पर्यटन दूत ( Honorary Public Relation Representative )  नियुक्त गरेको छ | 
 
अमेरिकाको चौथो ठूलो शहर ह्युस्टनका लागि पर्यटन दूतमा  नियुक्त भएका काफ्ले नेपालको पाल्पा जिल्लाका हुन | उनी २१  वर्षदेखि अमेरिका बस्दै आएका र विगत पॉंच वर्षदेखि ह्युस्टनका स्थायी बासिन्दा हुन | 
 
ह्युस्टन नेपाली समाजमा जगदीशलाई सक्रिय समाजसेवीको रुपमा चिनिन्छ | होटल व्यवसायमा स्थापित उनी यहाँको होटल एशोसिएसन र फ्रेंचाईजसँग सक्रिय संलग्न छन | यस्तो संलग्नताको माध्यमबाट आफूले पाएको जिम्मेवारी पूरा गर्न सहयोग मिल्ने काफ्लेको धारणा छ| 
 
सबैको साथ लिएर काम गर्ने आफ्नो प्रतिवद्दता जनाउँदै उनले कार्ययोजना बनाएर नेपाल भ्रमण वर्ष २०२० को लागि सहयोग पुर्याउने कुरा हिमालयखबरलाई बताए | 
 
विधार्थी लगायत अमेरिकी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने कार्ययोजना आफूसँग भएको बताउँदै त्यसमा सबैको सहयोगको अपेक्षा गरेको उनले बताए |