मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा दोस्रो संस्कृत दिवस

ड्यालसमा दोस्रो संस्कृत दिवस


ड्यालस (टेक्सस)– जरोकिलो अमेरिकाको संयोजनमा सोमबार ड्यालसको पशुपतिनाथ तथा बुध्द मन्दिर अर्भिङमा दोस्रो विश्व संस्कृत दिवस मनाइएको छ । 
 
संस्कृत भाषा ज्ञान विज्ञानको क्षेत्रमा विश्वमै सबैभन्दा समृद्ध भाषा रहेकोमा अहिले बिभिन्न कारणले पछि परेकोमा वक्ताहरूले यसको विस्तारमा लाग्नुपर्नेमा जोड दिए । नेपाल केन्द्रीत प्रतिमान र युरोप केन्द्रीत प्रतिमानमा फरक का साथै सस्कृत भाषा मात्र एक भाषा नभई समग्र पुर्विय दर्शनको स्रोत तथा मुलनै संस्कृत भएकाले यसको यथेष्ठ रूपमा अनुसन्धान आवस्यक रहेको अमेरिका संयोजक धन्नजय ढकाल ले बताउनुभयो ।  
 
कार्यक्रममा संस्कृत भाषा तथा हिन्दु धर्म संस्कृतिलाइ नजिकबाट लिइरहेकाहरूको सकृय सहभागिता थियो । कार्यक्रममा पण्डित दुर्गा निरालाले जरोकिलो अभियानका लागि पवित्र धार्मिक ग्रन्थ गीता हस्तान्तरण गर्नुभएको थियो । 
 
त्यस अवसरमा पशुपतिनाथ तथा बुध्द मन्दिरका मुख्य पूजारी डा. शेखर पण्डित, अर्का पुजारी शान्तिराम कोइराला, दुर्गा निरोला, प्राकृतिक चिकित्सक अभयराज उपाध्याय, सुरेन्द्र अचार्य, थलराज पन्त, रामकृष्ण भट्ट, छबीलाल हुमागाइ, देवेन्द्र राय, उमेश यादव, ज्ञानेन्द्र कार्की, माला महत, अञ्जु चुडाल, अशा अचार्य, जरोकिलो अमेरिकाका शंकर चुडाल लगायतले संस्कृत भाषा र संस्कृतिका बारेमा धारणा व्यक्त गरेका थिए ।