मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

गत आर्थिक वर्षमा नौ खर्ब रेमिट्यान्स स्वदेश भित्रियो

गत आर्थिक वर्षमा नौ खर्ब रेमिट्यान्स स्वदेश भित्रियो


काठमाडौँ । आर्थिक वर्ष २०७५/०७६ मा झण्डै नौ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा विप्रेषण आप्रवाह रु आठ खर्ब ७९ अर्ब २७ करोड पुगेको उल्लेख छ ।
 
गत आर्थिक वर्ष २०७५/०७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा रु सात खर्ब ५५ अर्ब ६ करोड विप्रेषण भित्रिएको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो । 
 
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आप्रवाह १०.२ प्रशितले बढेको थियो । गत आवमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजागारीमा जानेको सङ्ख्या ३२.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ९.३ प्रतिशतले घटेको थियो । 
 
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ५।४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ०.६ प्रतिशतले घटेको थियो । 
 
आर्थिक वर्ष २०७५/०७६ मा चालू खाता रु दुई खर्ब ६५ अर्ब ३७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा रु दुई खर्ब ४७ अर्ब ५७ करोड रहेको थियो । यस्तै आव २०७५/०७६ मा शोधनान्तरस्थिति रु ६७ अर्ब ४० करोडले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष शोधनान्तरस्थिति रु ९६ करोडले बचतमा रहेको थियो । 
 
आर्थिक वर्ष २०७५/०७६ मा पूँजीगत ‘ट्रान्सफर’ रु १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १३ अर्ब सात करोड रहेको छ । अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर रु १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १७ अर्ब ५१ करोड रहेको थियो ।