मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोको लङमन्टमा सामुहिक दरखाने कार्यक्रम भब्यरुपमा सम्पन्न

कोलोराडोको लङमन्टमा सामुहिक दरखाने कार्यक्रम भब्यरुपमा सम्पन्न


कोलोराडो (अमेरीका)-हिन्दु महिलाहरुको महान चाड तिजको पुर्व सन्ध्यामा कोलोराडो निवासी महिलाहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक दर खाएका छन् ।प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई माईतीको झल्को मेटाउन तथा प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन कोलोराडोको लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टले दरखाने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्डर, लङमन्ट, ब्रुमफिल्ड ईरी , लाफियत, स्टेटपार्क लगायतका शहरहरुबाट महिला दिदी बहिनिहरु नेपाली पहिरन रातो साडी ,चोलो , चुरा, धागो र बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित भएका थिए ।

कार्यक्रममा स्थानीय अमेरिकी महिलाहरु पनि सातोसाडी, चोलो ,चुरा छागो, पोते लगाएर खुसीसाथ सहभागी भएका थिए । सांझ ६ बजे देखी राती १० बजे सम्म संचालन भएको कार्यक्रममा बाल बालिका देखि बृद्ध बृद्धा सबै उमेरका दाजुभाई दिदी बहिनिहरुको उपस्थिती रहेको थियो । स्वादिष्ट परिकारहरु खादै साथीहरु संग नाच्दै, गाउदै, तिजको शुभकामना साटासाट गर्दै , उनीहरुले तिजको दरखाने कार्यक्रम सम्पन्न गरेका हुन् ।