मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेप्लिज चेम्बरद्वारा आयोजित टेक्नोलोजी समिट सम्पन्न

नेप्लिज चेम्बरद्वारा आयोजित टेक्नोलोजी समिट सम्पन्न


हिमालयखबर संबाददादा 
ड्यालस (अमेरिका)– नेपाली व्यबसायीहरुको संस्था नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले सूचना प्रविधिले मानिसको जीवनशैली र व्यबसायमा पार्ने परिवर्तनका बारेमा शनिबार विज्ञ तथा सरोकारवालाहरुलाई समावेश गरेर ‘नेपाल टेक्नोलजी समिट–२०१९’ आयोजना ग¥यो ।
 
टेक्ससमा रहेका नेपाली व्यबसायीहरुलाई प्रवद्र्दन गर्न सहयोग गर्दै आएको चेम्बरले समय समयमा गर्ने रचनात्मक कार्यहरुको ऋङ्खलाको क्रममा शनिबार सूचना प्रविधि र यसले व्यबसायीक जीवनमा पार्ने सकारात्मक प्रभाव, उत्पादकत्व वृद्धि, व्यबसाय प्रवद्र्दनमा पु¥याउने योगदानका बारेमा वृहद अन्तरकृया समिट गरेको हो । कार्यक्रमको सुरुमा चेम्बरका अध्यक्ष मनोज सिग्देलले नेप्लिज चेम्बरका बारेमा प्रकाश पार्दै सूचना प्रविधिलाई सही रुपमा प्रयोग गर्दा व्यबसाय विस्तार, लागत घटाउन सहयोग पुगिरहेको दृष्टान्त प्रस्तुत गर्नुभएको थियो । 
 
चेम्बरका महासचिव बाल जोशीले मोडरेट गर्नुभएको कार्यक्रममा रियलस्टेट व्यबसायमा सूचना प्रविधिको प्रयोगले भैरहेको परिवर्तनका बारेमा कुमार तिरुमाला, सूचना प्रविधिको क्षेत्रमा संलग्न कम्पनीले पाउने कर छुट सुविधाका बारेमा लिण्डजी पोल्याक, एप्पलमा कार्यरत नेपाली इन्जिनियर क्षितीज लोहनी, सूचना प्रविधिले परिवारमा पारेको प्रभावका बारेमा डा. शिलु घिमिरे न्यौपाने, डेभलपमेन्ट र अपरेसनका बारेमा श्याम पिडिकिटीले प्रस्तुती दिएका थिए । 
 
कार्यक्रमको अर्को शत्रमा नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानीका बारेमा छलफल भएको थियो । छलफलको क्रममा एभिस्टास ग्रुपका प्रमुख कार्यकारी अधिकृत बिल मोगार्नले नेपालमा नियमनको क्षेत्रमा सुधार, पूर्वाधारमा लगानी गर्ने हो भने निकै संभावना रहेको बताउनुभयो । 
 
गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनिल साहले अरु ठाउँमा भन्दा कर लगायतका क्षेत्रमा छुट दिने हो भने नेपालमा सूचना प्रविधिको क्षेत्रमा कम्पनीहरु जानसक्ने विचार राख्नुभयो । 
 
कार्यक्रममा सिपिए स्मृती कार्की, सिटी बैंकका भाइस प्रेसिडेन्ट इन्जिनियर विनय अर्याल लगायतले सूचना प्रविधिले व्यक्तिगत जीवन मात्र नभै व्यबसायलाई फस्टाउन मद्दत गरेको चर्चा गर्नुभएको थियो ।
 
यसैबीच चेम्बरकै आयोजनामा शनिबार साँझ एम्बेसी स्विट ग्रेपभाइनमै गाला डिनर आयोजना गरियो । 
 
सो कार्यक्रमको प्रमुख अतिथी नेपालका राष्ट्रिय सभामा सत्ता पक्षका नेता खिमलाल भट्टराई हुनुहुन्थ्यो । 
 
तस्बीर सौजन्यः स्वयम्भूराज शाक्य/बोधी क्रियशन