मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

माथिल्लो तामाकोशीमा ढिलाइ भइरहेकोमा सरकारको ध्यानाकर्षण

माथिल्लो तामाकोशीमा ढिलाइ भइरहेकोमा सरकारको ध्यानाकर्षण


काठमाडौँ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।   
 
बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गरे । उनले भने, “आयोजना यो वा त्यो बहानामा विलम्ब नगर्न म सरकारको ध्यानाकर्षण गराउँछु  ।”
 
उनले स्वदेशी  लगानीमा निर्माण भइरहेको आयोजनामा भइरहेको ढिलाइले लागतसमेत बढेको छ भन्दै किन त्यस्तो भएको हो भनी प्रश्न गरे । 
 
नेकपाका  वसन्त नेम्वाङले  सरकारले चालू आवभित्र देशका ४० जिल्लालाई पूर्णरुपमा विद्युतीकरण गर्ने भनी ल्याएको योजनालाई सहज रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उज्यालो नेपाल निर्माणको दीर्घकालीन लक्ष्यसहितको कार्यक्रम अगाडि सारेकामा धन्यवाद दिँदै उनले त्यसको प्रभावकारी कार्यान्वयनको माग गरे । 
 
देशव्यापी रुपमा विद्युत्भार कटौतीको अन्त्य गरिएपछि विद्युत्को खपत दरसमेत बढेको छ भन्दै देशव्यापी रुपमा पूर्णरुपमा विद्युतीकरण गर्ने गरी अगाडि सारिएको कार्ययोजनाको कार्यान्वयनपछि त्यसले अर्थतन्त्रमा समेत सकारात्मक पार्ने  भनाइ उनले राखे । 
 
सांसद  नेम्वाङले  सबै नेपाली जनताको घरघरमा उज्यालो पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई पूरा गर्नका लागि भइरहेको प्रयासलाई सबै क्षेत्रलाई साथ र सहयोग उपलब्ध गराउन आग्रह गरे । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्न आफूहरुको पनि साथ सहयोग रहने बताए । 
 
नेकपाका विन्दा पाण्डेले नागरिकतासम्बन्धी विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सदनको ध्यानाकर्षण गराए । उनले चालू अधिवेशनमा सो विधेयक पारित हुन नसके त्यसबाट प्रभावित हुने नागरिकका लागि  शिक्षा र  स्वास्थ्य पेशा व्यवसाय सहज बनाउनका लागि वैकल्पिक व्यवस्था गर्न माग गरे । 
 
सोही दलका   हृदयेश त्रिपाठीले पनि राज्य व्यवस्था समितिमा लामो समयदेखि नागरिकतासम्बन्धी विधेयकमाथि छलफल भए पनि कुनै निष्कर्षमा पु¥याउन नसकेका कारण समस्या पैदा भएको गुनासो गरे । 
 
बैठकमा राजधानीको चक्रपथमा पैदल यात्रुका लागि सडक वारपार गर्न जेब्रा क्रसिङ नभएका कारण नागरिकको ज्यान जाने गरेको भन्दै सदन र सरकारको ध्यानार्षण गराइएको छ । 
 
नेकपाका विरोध खतिवडाले चक्रपथमा जेब्रा क्रसिङ नभएका कारण पैदल यात्रुले अनाहकमा ज्यान गुमाउनु परिरहे पनि सरकार र सम्बद्ध निकायले ध्यान नदिएको भनी गुनासो गरे । 
 
“अभिभावकले यमराज देखाउन भन्दै आफ्ना बालबालिकालाई चक्रपथमा ल्याएर टिपरलाई देखाउने गरेका छन् । टिपर आतङ्कका कारण मासिक रुपमा सात जनाको ज्यान जाने गरेको छ तर सरकारले टिपर व्यवस्थापनमा ध्यान दिएको छैन”, उनले भने, टिपरको बोलाहा दौडाइ रोक्न तत्काल कदम चाल्नुप¥यो ।” रासस