मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा अमेरीकी संसद कांग्रेस म्यान जो नेगस् र नेपाली समुदाय विच अन्तर्रकृया सम्पन्न

कोलोराडोमा अमेरीकी संसद कांग्रेस म्यान जो नेगस् र नेपाली समुदाय विच अन्तर्रकृया सम्पन्न


कोलोराडो (अमेरीका )- कोलोराडोमा अमेरीकी संसदका काग्रेस म्यान जो नेगस् र नेपाली समुदाय बिच अन्तर्रकृया कार्यक्रम सम्पन्न भएको छ ।
 
हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको संयोजनमा कोलोराडो डिष्ट्रिक २ का कांग्रेस म्यान जो नेगस् संग नेपाली भाषी समुदायको सामुदायिक विकास लगायत बिभिन्न बिषयमा एक आपसमा अन्तर्रकृया सम्पन्न भएको हो ।
 
छलफल तथा प्रश्नोत्तर कार्यक्रममा सहभागीहरुले ईमिग्रेण्टहरुका लागी अमेरिकी सरकारबाट लागु भएका निती तथा कार्यक्रम, टि पि एस्, भिसा स्ट्याटस चेन्ज, ओभर स्टे, नेपाली भाषामा डाईभर लाईसेन्सको परिक्षा , नेपाली सामुदायिक भवन, शिक्षा, हेल्थ ईन्सुरेन्स्, मेडिकेट, पब्लिक चार्ज, मडिकियर, अमेरिकी राजनितीमा प्रवेश गर्ने तरिका, बसोबास , रोजगारी लगायतका बारेमा आफुलाई परेका समस्या तथा जिज्ञासा कांग्रेस म्यान समक्ष राखेका थिए ।
नेपाली भाषी समुदायमा रहेका उल्लेखित समस्याहरुको लिष्ट तयारपारि  काग्रेस म्यान जोलाई हस्तान्तरण गरिएको थियो ।   
 
सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै कोलोराडो डिष्ट्रिक २ का कांग्रेस म्यान जो नेगस् ले आफुपनि अफ्रिकी मुलको ईमिग्रेण्टको सन्तान भएकोले ईमिगे्रण्टहरुको समस्या नजिकबाट बुझेको बताउदै उल्लेखित समस्याको समाधानगर्न सक्दो पहल गर्ने आश्वासन दिए । उनले यसबाहेक अन्य कुनैपनि समस्या परेमा आनो संम्पर्क कार्यालय बोल्डर र फोर्टकोलिन्समा सम्पर्क गर्न सकिने बताए । 
 
नेपाली भाषी समुदायको समस्या तथा त्यसका कारणहरु सोझै अमेरिकी संसदका कांग्रेस म्यान समक्ष सामुहिक रुपमा राखिएको कोलोराडोको ईतिहासमा यो पहिलो कार्यक्रम हो । कार्यक्रममा जोनाथन सिंगर स्टेट रेप्रिजेन्टेटिभ कंग्रेसम्यान, एरीका ब्लम ईमिग्रेसन स्पेसलिष्ट, जिल ग्रानो डाईरेक्टर अफ कम्यूनिटी अफैर्स ,नेपाली तथा नेपाली भाषी भुटानी संघ संस्थाका पदाधिकारी, समाज सेवी, बुद्धी जिवी, पत्रकार, कलाकार, सर्वसाधारण लगायतको उपस्थिती रहेको थियो । 
 
 दिउसो २ बजे देखि ३.३० बजे सम्म लाफेट स्थित पब्लिक लाईब्रेरीमा सम्पन्न कार्यक्रमको सहजिकरण गर्दै हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठले समयको ब्यस्थताको बावजुद पनि नेपाली समुदायको समस्याको समाधानार्थ कार्यक्रममा सहभागी भई सहभागीहरुको जिज्ञासा समाधान गरिदिएकोमा कांग्रेस म्यान जो नेगस् सहित सबै टिमलाई धन्यवाद दिए । उनले यस्ता एक आपसमा अन्तर्रकृया कार्यक्रमले अमेरिकी सरकार र नेपाली भाषी समुदाय बिचको दुरी घटाउने भएकोले आगामी दिनमा यस्ता कार्यक्रमहरुको आयोजनगर्न कोलोराडोमा सकृय संघ संस्थाहरुलाई आग्रह गरे ।