मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रबिको समर्थनमा अमेरिकामा प्रदर्शन(भिडियो सहित)

रबिको समर्थनमा अमेरिकामा प्रदर्शन(भिडियो सहित)


हिमालयखबर संबाददादा 
ड्यालस (टेक्सस) – पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि अनुसन्धानको क्रममा चितवन प्रहरीको हिरासतमा रहेका अर्का पत्रकार रबि लामिछानेको रिहाईको माग गर्दै आइतबार अमेरिकाको ड्यालसमा प्रदर्शन गरियो ।
 
‘रबि लामिछाने–जिन्दाबाद,’ ‘नेपाली जनता के भन्छ, रबिलाई छोड भन्छ’, ‘जस्टिस फर रबि’, ‘रबि कस्को जनताको’, ‘रबि लामिछानेलाई छिटोभन्दा छिटो रिहा गर’ लगायतका प्लेकार्ड लिएर प्रदर्शन गरिएको थियो । स्थानीय नेपाली मन्दिरमा भेला भएका जनसमुदायले आफूहरु कुनै पार्टीको पनि समर्थक नभएको उल्लेख गर्दै मृतक शालिकरामलाई पनि न्याय मिल्नुपर्ने नारा लगाएका थिए ।
अमेरिकामा पहिलोपल्ट रबि लामिछानेको समर्थनमा प्रदर्शनी गरिएको हो । लामो समय अमेरिका बसाईपछि गत वर्ष रबि लामिछाने नेपाल फर्किएका थिए । 
 
शालिकरामको आत्महत्या पछि अनुसन्धानको सिलसिलामा रबि सहित अर्का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरिएको छ ।