मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कान्ससमा एनआरएनएको सहकार्य भेला

कान्ससमा एनआरएनएको सहकार्य भेला


कान्सससिटी (अमेरिका) – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको नयाँ नेतृत्वले जिम्मेवारी लिएपछि पहिलो पटक शनिबार कान्ससमा स्थानीय संघसंस्थासँगको सहकार्य कार्यक्रम सम्पन्न भयो । 
 
एनआरएनए अमेरिकाको मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष बुद्दि सुवेदीको संयोजनमा भएको उक्त कार्यक्रममा क्षेत्रीय संयोजक गौरीराज जोशी, अमेरिकाका अध्यक्ष सुनील साह, अइसिसी सल्लाहकार हरिबोल भण्डारी, वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे लगायतको सहभागिता थियो । 
 
एनआरएनए एनसीसी अमेरिकाको कान्सस च्याप्टरको व्यबस्थापनमा कार्यक्रम भएको जारी विज्ञप्तीमा उल्लेख छ । त्यस अवसरमा च्याप्टर अध्यक्ष फिलिप केसीले स्वागत गर्दै कार्यक्रमको उपादेयताका बारेमा प्रष्ट पारेका थिए ।
 
अमेरिकाको मिडवेष्ट क्षेत्रमा कार्यरत स्थानीय नेपालीहरुद्वारा संचालित संघ-सस्थाहरुसंग के कसरी सहकार्य गर्न सकिन्छ, सबैलाई समेटेर सामुहिक कार्य गर्नको लागि एनआरएनए एनसीसी अमेरिकाले के कस्तो भूमिका खेल्नु आवस्यक छ भन्ने बिषयमा केन्द्रीयत रहेको थियो। बक्ताहरुले सकारात्मक धारणा राखेका थिए। 
 
कार्यक्रममा गैरआवासीय नेपाली संघ र स्थानीय संघसंस्था बिचको सहकार्यका बिषयमा डा. यादब पण्डित र गोपेन्द्र भट्टराईले आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा कान्सास सहरमा नेपाली कम्युनिटि सेन्टर बनाउने बिषयमा समेत छलफल भएको थियो।