मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एनआरएन अध्यक्ष भट्टलाई सिल्क एयरको जहाजले घर फर्कायो

एनआरएन अध्यक्ष भट्टलाई सिल्क एयरको जहाजले घर फर्कायो


काठमाडौँ । काठमाडौँबाट सिंगापुर उड्न लागेको सिल्क एयरको फ्लाइट नम्बर एसएलके -४१३ (कलसाइन एमआई-४१३) जहाजबाट गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपानेलाई अत्यधिक मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको आरोपमा जहाजबाट फिर्ता पठाइएको छ । 

जहाजका क्रिउ मेम्बरसँग अभद्र व्यवहार गरेपछि प्रहरीको सहयोगमा जहाजबाट निकालेर घर फिर्ता गराइएको बताइएको छ । आफूहरु बिजनेस मिटिङमा रहेकोले मदिरापान सेवन गरेको न्यौपानेले स्वीकार गरेका छन् । 
 
अध्यक्ष भट्ट र न्यौपानेको शनिबार राति ९ः ५० बजेको उडानबाट सिंगापुरमा बिजनेस मिटिङ गर्ने र उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी स्वास्थ्यलाभको कामना गर्ने योजना रहेको बताइएको छ । जहाजको सिटमा बसिसकेपछि क्याप्टेनले आफूहरूलाई बाहिर निकालेको न्यौपानेले बताएका छन् । आफूहरुमाथि व्यक्तिगत पूर्वाग्रह राखेर दुव्र्यवहार गरिएको उनको दाबी छ ।
 
न्यौपानेले फेसबुकमा ‘अडियो लाइभ’ गरेपछि यो घटना बाहिरिएको हो । उनीहरुलाई क्याप्टेनले ‘आई क्यान नट फ्लाइ विथ यू’ भनेर पूर्वाग्रही व्यवहार देखाएको उनले बताएका छन् । यस घटनाले आफू लज्जित हुनुपरेको र अध्यक्षलाई ब्रेथलाइजर मेसिन लगाएर दुव्र्यवहार गरिएकाले सिल्क एयरले यस घटनामा माफी माग्नुपर्ने उनको जिकिर छ ।
 
यस सम्बन्धमा अध्यक्ष भट्टले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । 
 
आफूहरुमाथि आधारहीनरुपमा चरित्रहत्या गरिएको न्यौपानेको जिकिर छ । सिल्क एअरले पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।