मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

साताको शेयर बजार : एक अर्ब ३० करोडको कारोवार

साताको शेयर बजार : एक अर्ब ३० करोडको कारोवार


काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उचार चढावपूर्ण अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १७५ कम्पनीको ६१ लाख ५५९ कित्ता शेयर रु एक अर्ब ३० करोड सात लाख २३ हजार ८५६ बराबरको कारोवार भयो । 
 
कारोवारका आधारमा हेर्दा साताभर बजार ओरालो लागेको असर देखिएको छ । अघिल्लो साताको बिहीबार एक हजार २२४.०३ बिन्दुमा पुगेर बन्द भएको बजार यस साताको पहिलो दिन नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झ¥यो । 
 
सो दिन नेप्से ओरालो लाग्दो कारोवार रकमसमेत सस्तैमा समेटियो । कूल १६० कम्पनीको ११ लाख एक हजार ७७६ कित्ता शेयर रु ३२ करोड ९५ लाख २७ हजार ९१५ मूल्यमा खरिद बिक्री भए ।
 
यस्तै सोमबार नेप्से परिसूचक ७ दशमलव २३ विन्दुले बढेर एक हजार २२२ दशमलव ०६ विन्दुमा पुग्यो । नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने उल्लेख्य सुधार हुन सकेन । त्यसदिन कूल १७५ कम्पनीको १४ लाख  ७७ हजार ४३५ कित्ता शेयर रु ३८ करोड ९६ लाख २५ हजारमा खरिद बिक्री भए ।
 
मंगलबार नेप्से परिसूचक ८.४३ घटेर एक हजार २१३. ६३ बिन्दुमा झ¥यो । नेप्से घट्दा कारोवार रकम पनि ओरालो लाग्यो । सो दिन कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ५१० कित्ता शेयर रु २७ करोड २५ लाख नौ हजार २० मूल्यमा खरिद बिक्री भए । 
 
बुधबार शेयर कारोवारमापक नेप्से परिसूचक झिनो अङ्कले सुधार आयो । स्टकका अनुसार कारोवारमापक नेप्से परिसूचक ०.४२ विन्दुले बढेर एक हजार २१४.०५ बिन्दुमा पुग्यो । नेप्सेमा झिनो अङ्कले सुधार आउँदा कारोवार रकम भने औसतभन्दा कम हुन पुग्यो । कूल १६१ कम्पनीको शेयर १२ लाख ७० हजार ११८ कित्ता शेयर रु २९ करोड २६ लाख ४१ हजार ७१८ मूल्यमा खरिद बिक्री भए । 
 
यसैगरी साताको अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अङ्कको गिरावट आयो । स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से ०.९९ विन्दुले घटेर एक हजार २१३.०६ विन्दुमा झ¥यो । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १७२ कम्पनीको १० लाख ७७ हजार ७२० कित्ता शेयर रु २६ करोड १६ लाख ७० हजार २०३ मूल्यमा खरिद बिक्री भए । 
 
स्टकका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह्यो । यसैगरी एनआइसी एशिया, रसुवागढी हाइड्रोपावर कम्पनी, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभू बैंक, माछापुछ्रे बैंक, नविल बैंक र शिवम् सिमेन्ट लिमिटेड क्रमशः शीर्ष स्थानमा रहे । 
 
यसैगरी बजार पूँजीकरणका आधारमा दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहँदा नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, हिमालयन बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक क्रमशः शीर्ष स्थानमा रहे ।
 
त्यस्तै स्टकमा यस साता दुई कम्पनीका शेयर सूचीकृत भए । सबैको लघुवित्त वित्तीय संस्थाको १६ लाख ५० हजार कित्ता साधारण शेयर र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २९ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भए ।