मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रविका विषयमा बोल्यो नेजा

रविका विषयमा बोल्यो नेजा


ड्यालस (टेक्सस) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले पत्रकार रवि लामिछानेको सन्दर्भमा धारणा सार्वजनिक गर्दै अनुसन्धानका नाममा लामो समयसम्म मानसिक पीडा दिन नहुने जनाएको छ ।

नेजाले शुक्रबार विज्ञप्ती जारी गर्दै 'बरू दोषीहरू उम्किउन्, तर निर्दोषहरू नफँसुन्' भन्ने कानुनको मान्यता बमोजिम घटनाको चाँडोभन्दा चाँडो सत्यतथ्य पत्ता लगाएर निष्कर्शमा पुर्याउनका लागि समेत अपिल गरेको छ । विज्ञप्तीमा संचारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गर्दा प्रहरी प्रशासनले प्रेस स्वतन्त्रता र न्याय संगत प्रकृयाको समेत उल्लंघन गरेको ठहर भएको उल्लेख गर्दै सो सन्दर्भमा नेपाल पत्रकार महासंघको धारणा र भूमिकाप्रति एक्यवद्धता रहेको जनाएको छ ।

नेपाल नुवाकोट घर भई पछिल्लो समय माउण्टेन टेलिभिजनमा कार्यरत रहेका पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा चितवनको एक होटलमा शव भेटिएको घटना र त्यसपछि उत्पन्न सन्दर्भको विषषमा नेजाको गंभीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सो घटनाको यथाशक्य छिटो छानविन गरी वास्तविकता बाहिर ल्याउन सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ । नेजा महासचिव किरण मरहठ्ठाद्वारा जारी विज्ञप्तीमा मृतक पत्रकार पुडासैनीप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

सोही दु:खद घटनासँग जोडेर न्यूज २४ टेलिभिजनमा कार्यरत 'सिधा कुरा जनतासँग' नामक कार्यक्रमका प्रस्तोता रवि लामिछाने सहित कार्यक्रम निर्माण टिमका सदस्य युवराज कँडेललाई नेपालको प्रहरी प्रशासनले पक्राउ गरि लामो समयदेखि अनुसन्धान र छानविनका क्रममा हिरासतमा राखिएको छ ।

विज्ञप्तीमा भनिएको छ-'कानुनी शासन व्यवस्थाको सुदृढिकरणका लागि छिटो न्याय सम्पादनको पनि उत्तिकैं भूमिका रहने तर्फ पनि नेजा सम्बन्धित सबैंको ध्यान आकृष्ट गर्न चाहन्छ । तथ्यको आधारमा रही घटनाको अनुसन्धानलाई अन्तिम रुप दिन समेत नेजाले माग गरेको छ ।'