मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भ्रम छरेर लगानी जुटाउने काम नगरेको सगुनको दावी

भ्रम छरेर लगानी जुटाउने काम नगरेको सगुनको दावी


हिमालयखवर संवाददाता
अमेरिका- स्टार्ट अप कम्पनी दाबी गर्ने सगुनले कम्पनीमा लगानी गर्न उपलव्ध गराइने कुनै पनि जानकारीहरुमा कसैलाई पनि लोभ लालच देखाउने वा अनावश्यक भ्रम छरि लगानी जुटाउने काम नगरेको दावी गरेको छ ।
 
बेलायतमा एनआरएनए एनसीसी वेलायतको निर्वाचनको सन्दर्भमा उम्मेदवारसंग जोडेर समाचार आएपछि सगुनले विज्ञप्ति मार्फत उक्त दावी गरेको हो । विज्ञप्तिमा नेपालीहरुले शुरु गरेको अभियानमा विश्वभर छरिएर रहेका हज्जारौं नेपाली तथा नेपालीका संघ संस्थाले सहयोग गरेको उल्लेख छ ।
 
अमेरिकामा दर्ता भएको सगुनले अमेरिकी कानुन अनुसार मिनी आईपिओ जारी गरेको थियो । त्यसवेला स्टार्ट अप कम्पनी भएकाले भविष्य फेसबुक र गुगलको जस्तै हुन सक्ने दावी सगुनले गरेको थियो । तर, सगुनले मिनी आईपिओ जारी गर्दा सार्वजनिक गरेको विवरणमा थुप्रै जोखिमहरु पनि उल्लेख गरिएका थिए । अमेरिकी कानुन अनुसार जोखिमहरु पनि सार्वजनिक गर्नु पर्ने हुन्छ ।
 
सगुनका लगानीकर्ताले अहिलेसम्म कुनै फाइदा पाएका भने छैनन् । सगुनको शेयर मिनी आईपिओ भएकाले स्टक एक्स्चेञ्जमा दर्ता नहुने हुदां त्यस मार्फत खरिद विक्री गर्न सकिदैंन ।