राजनीति / समाज

गोँगबुको होटलमा एक जोडी मृत फेला

140 पटक पढिएको

21st Aug 2019, Wednesday | २०७६ भाद्र ४, बुधवार ०६:१५
काठमाडौँ । टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 
 
उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् । 
 
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले मङ्गलबार राति सुत्न आएको दुवैजना बुधबार दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिए । दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।