मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रविले रमेश प्रसाईंसँग भने- जनताको आशा ‘सीधाकुरा जनतासँग’ जेल परेको छ

रविले रमेश प्रसाईंसँग भने- जनताको आशा ‘सीधाकुरा जनतासँग’ जेल परेको छ


चितवन । चितवनमा  पत्रकार रवि लामिछानेको पक्षमा जनलहर बढेको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा साउन ३० गते पक्राउ परेसँगै चितवनमा रविका समर्थकहरुले षडयन्त्र नगरी निष्पक्ष छानबिन गर्न खबरदारी गर्दै आएका छन् । 
 
शनिबार पूर्वी नेपालबाट सामाजिक अभियन्ता रमेश प्रसाईंले चितवन प्रहरी हिरासतमा रविसँग भेट गरेका थिए ।
 
रविसँगको भेटपश्चात् समर्थकमाझ उनले रविका तर्फबाट सबैलाई धन्यवाद दिँदै आन्दोलनका क्रममा अराजक र आपराधिक तत्वले बदनाम गराउन सक्ने, राष्ट्रसेवक प्रहरीमाथि ढुगामुढा बर्साउन सक्ने सम्भावनाप्रति सजग गराउँदै न्यायको पक्षमा भइरहेको आन्दोलनमा एकजनालाइे पनि घाउचोट नलागोस् । एकैजनालाई केही भएमा मलाई हिरासतमा बसेको भन्दा बढ्ता पीडा हुनेछ भनी सन्देश पठाएको उनले बताए । 
 
रविले रमेशसँग भनेका छन्, ‘मलाई हिरासतमा रहँदा कत्ति पीडा छैन तर सीधाकुरामा पेन्डिङमा रहेका कति कुरा रोकिइसके, कतिले कतिलाई ठगिसके, कतिको पैसा खाइसके, अहिले एउटा व्यक्ति जेलमा परेको छैन, जनताको आशा सीधाकुरा जनतासँग जेल परेको छ ।’ 
 
रमेशले आफू कुनै पनि संघसंस्था, राजनीतिक दलप्रति संलग्न नरहेको र आफ्नो इमान्दारी राष्ट्रभक्त रवि लामिछानेप्रति रहेको स्पष्ट पारेका छन् ।
 
‘हामी यहाँ कसैको पेट्रोल, कसैको मासुभात खाएर आएका छैनौँ,  एउटा देशभक्त र जनताको आशालाई हिरासतमा पर्दा पीडा भएर आएका छौँ’, उनले शनिबार उपस्थित हजारौँ समर्थकसाझ न्यायको पक्षमा उभिन आग्रह गरे । 
 
चितवनमा रवि लामिछाने समर्थकको प्रदर्शनमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले एउटा जनताको आशा र भरोसा जोडिएका पत्रकारलाई फसाउने षडयन्त्र कुनै हालतमा मान्य नहुने र निर्दोष व्यक्तिलाई फसाइए त्यो महँगो पर्ने चेतावनी दिए । चितवनमा शनिबार बिहानैदेखि रवि लामिछानेका हजारौँ समर्थकहरुले जिल्ला अदालतअगाडि प्रदर्शन गरेका छन् । 
 
देशभरका नागरिक अभियन्ताहरुले एउटा देशभक्त पत्रकारमाथि भइरहेको षडयन्त्रबारे खबरदारी गर्दै जन दबाब सिर्जना गरिरहेका छन् ।