मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु


नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ । 
 
प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमाया तामाङबीच सोमबार विवाद भएको थियो । विवादपश्चात् चिनीमायाँ बच्चासहित लालमायाँको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए ।
 
श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि आज जिल्ला अस्पताल त्रिशूलीमा पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् । शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।