मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा सामुहिक दरखाने कार्यक्रम भब्यरुपमा सम्पन्न

कोलोराडोमा सामुहिक दरखाने कार्यक्रम भब्यरुपमा सम्पन्न


कोलोराडो (अमेरीका)- हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी महिलाहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक दर खाएका छन् ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई माईतीको झल्को मेटाउन तथा प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन कोलोराडो सिष्टर्स गु्रपले दरखाने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा महिला दिदी बहिनीहरुले घर घरबाट मीठा परिकारहरु बनाएर ल्याई एकै ठाउमा जम्मा भई परंपरागत शैलीमा गीत गाएर नाच्दै सामुहिक दरखाने कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रममा बोल्डर, लङमन्ट, बु्रमफिल, डेनवर्ग, अरोरा, वेस्टमिनिष्टर लगायतका शहरहरुबाट महिला दिदी बहिनिहरु नेपाली पहिरन रातो साडी ,चोलो , चुरा, धागो र बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित भएका थिए । कोलोराडो स्थित नर्थग्यालेन शहरमा सम्पन्न कार्यक्रम सिष्टर्स गु्रपका सकृय सदस्य सीता साप्कोटाले स्वागत भाषण गर्दै सुरुवात गरेकी थिईन् ।

सांझ ४ बजे देखी राती ९ बजे सम्म संचालन भएको कार्यक्रममा बाल बालिका देखि बृद्ध बृद्धा सबै उमेरका दाजुभाई दिदी बहिनिहरुको बाक्लो उपस्थिती रहेको थियो । उनीहरुले परंपरागत भाका र शैलीमा गीत गाउदै मादलको तालमा छम छम नाचिरहदा आफुलाई नेपाली भुमीमा बसेर तिजको रमाईलो हेरिरहेको महसुस हुन्थ्यो । परंपरागत रुपमा दर खाने परिकारहरु खीर, सेलरोटी, दही, कांक्रोको अचार जस्ता स्वादिष्ट परिकारहरु खादै साथीहरु संग नाच्दै, गाउदै, तिजको शुभकामना साटासाट गर्दै , उनीहरुले तिजको दरखाने कार्यक्रम सम्पन्न गरेका हुन् ।

स्थानिय सीता सापकोटा र शान्ति भुषाल लगायतका दिदी बहिनीहरुको सकृय सहभागीता र ब्यवसायी, बुद्धी जिवी, समाजसेवी दाताहरुको सहयोगले कार्यक्रम सफलताको साथ सम्पन्न भएको हो भन्दै, आयोजक संस्थाका संयोजक धन पौडेलले कार्यक्रममा उपस्थित भई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिईन् ।