मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाको युथ लिडरसिप स्कलरशीप अवार्डका बिजेता घोषणा

एनआरएनए अमेरिकाको युथ लिडरसिप स्कलरशीप अवार्डका बिजेता घोषणा


ड्यालस (अमेरिका) – गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाद्वारा स्थापित युथ लिडरसिप स्कलरसिप – २०१९ का बिजेताहरु घोषणा भएका छन् ।
 
बिजेताहरुमा दक्षिणी क्षेत्रबाट अमित त्रिपाठी (युनिभर्सिटी अफ साउदर्न मिसिसिपी), उत्तर–पूर्वबाट अस्का शेर्पा (हन्टर कलेज, न्युयोर्क), पश्चिमी क्षेत्रबाट किरण पाण्डे (आइडाहो स्टेट युनिभर्सिटी) र मध्य–पश्चिमबाट रिशिका जोशी (लोयोला युनिभर्सिटी, सिकागो) रहेका छन्। अमित जुनियर कन्स्ट्रक्सन इन्जिनियरिङ टेक्नोलोजी र अर्थशास्त्रका विद्यार्थी हुन् । यता अस्का शेर्पा सिनियर नर्सिङ विषय लिएर अध्ययनरत छिन् । किरण इलेक्ट्रिक इन्जिनियरका विद्यार्थी हुन् भने रिशिका बायोलोजी र न्युरो साइन्सका विद्यार्थी हुन् ।
 
एनआरएन अमेरिकाका निवर्तमान युवा संयोजक तथा युथ लिडरशिप अवार्ड २०१८ का परिकल्पनाकार स्वराज खातीले छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने समितिका सदस्यहरु द्वय- कुशल पोखरेल, डा.निरोज बस्नेत, डा. सिरोज पोखरेल, डा. सुमन सत्याल,  सुमन कार्की, सुलभ पौडेल , निलिमा बादे श्रेष्ठ र प्रकाश बस्नेत लाई धन्यबाद दिएका छन् । 
 
नगद एक हजार डलर सहितको युथ लिडरशिप स्कलरसिप अमेरिकाको चारवटै भौगोलिक क्षेत्रबाट ३२ जना सहभागी भएका थिए।  गैर-आवासीय नेपाली संघका महासचिब पशुपति पाण्डेले एक बिज्ञप्ति मार्फत बिजेताहरु सार्बजनिक गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने  समितिहरुलाई पनि धन्यबाद ज्ञापन गरेका छन् । 
 
युथ लिडरशिप अवार्ड २०१९ छनोटसमितिका सदस्य कुशल पोखरेलका अनुसार सबै सहभागीहरुलाई शैक्षिक, अतिरिक्त क्रियाकलाप, विभिन्न सिफारिस पत्रहरू, निबन्ध, समाजिक नेतृत्व र एनआरएन्एको लक्ष्यसँगको निकटताको आधारमा मुल्यांकन गरिएको थियो । निश्पक्षताका लागि शैक्षिक र नेतृत्व क्षमता भिन्ना भिन्नै समुहले मुल्यांकन गरेको थियो । पठाईएका निबन्ध चार जनाको समुहले छुट्टा छुट्टै जाँचेको थियो । अन्त्यमा सबैको अंकको औसत निकालेर विजेता घोषित गरियो ।
 
स्कलरसिप अवार्डको छनोट प्रक्रियामा लामो समय  लागेता पनि छनोट समितीले पूर्ण समय लगाएर गहन विश्लेषण सहित उत्कृष्ठ नतिजा दिएकोमा संयोजक खातीले खुसी प्रकट गरे । 
 
उनले भने-"यो कार्यक्रमले  क्षमतावान बिद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुर्याउने साथ-साथै एक किसिमको उर्जा प्रदान गर्ने मेरो बिश्वाश छ।  यस कार्यक्रमले अमेरिका भरी छरिएर रहेर अध्ययनरत नेपाली बिद्यार्थीहरु र  गैर-आवासीय नेपाली संघ बिचको सम्बन्ध अझै नजिक बनाएको छ ।" 
 
संयोजक खातीले नया नेतृत्वले यस कार्यक्रमको महत्व बुझेर यसलाई प्राथमिकताका साथ निरन्तरता दिनेमा आफु आशाबादी रहेको पनि जानकारी दिए।