मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा रगत दान

ह्युस्टनमा रगत दान


ह्युस्टन , टेक्सास । रगत दान जीवन दान भन्ने मार्मिक सन्देशलाई यहाँका नेपालीहरुले आत्मसात गर्न थालेका छन् । वर्षको दुइपटक नेप्लिज एसोसिएसन अफ ह्युस्टनले यहाँ रक्तदान कार्यक्रम आयोजना गर्छ , नेपालीहरु त्यसमा सक्रिय सहभागी देखिन्छन् । 
 
गएको आइतबार अगस्त ४, पशुपति मन्दिर परिशरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले आफ्नो रगत दान गरे । त्यसमध्ये पहिलो चोटी दान गर्नेहरु ९ जना भएको जानकारी सो कार्यक्रम संयोजक एनएएच सहसचिव प्रशान्ती पण्डितले दिइन् । गल्फ कोस्ट रिजनल ब्लड सेन्टरको सहयोगमा नेप्लिज एसोशिएसन अफ ह्युस्टनले हरेक वर्ष यसरी नै रक्तदान कार्यक्रम आयोजना गर्दै आएकोछ । 
 
उक्त कार्यक्रम सम्पन्न गर्न संयोजक प्रशान्ति पण्डित , एनएएच  कार्यकारी सदस्य नयना अमात्य ,कविता शर्मा लगायत एनएएच पदाधिकारीहरुको उल्लेख्य सक्रियता देखिन्थ्यो । 
 
तीज र दशैं पर्वको तयारी 
यसैबीच सोही दिन पशुपति मन्दिरमा सम्पन्न भएको नेप्लिज एसोशिएसन अफ ह्युस्टनको बैठकले आगामी सेप्टेम्बर २ तारिख सोमबार ब्रतालु महिलाहरुकोलागि मन्दिरमा पूजाको व्यवस्था गरिने र अक्टूबर ४ तारिख शुक्रवार स्थानीय ताज हलमा दशैं महोत्सवको आयोजना गर्ने निर्णय  गरेको छ । 
 
नेपाली महिलाहरुको महत्वपुर्ण चाड तीजको पूजा बिहान र साँझ गरी दुइपटक राखिएकोले आफ्नो समय अनुकुल महिलाहरुले पूजा गर्न सक्नेछन् ।