मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दुइ सांसदसँग प्रवासी मञ्चको अन्तरकृया

दुइ सांसदसँग प्रवासी मञ्चको अन्तरकृया


न्यूयोर्क (अमेरिका) – शनिवार प्रवासी नेपाली एकता मंच अमेरिकाको उत्तरपूर्वी क्षेत्रिय कमिटिको आयोजनामा न्युयोर्कमा नेपालको प्रदेश नम्बर ३ का सदस्यहरु बिशाल खडका र आंगडेन्डी लामाको सहभागितामा अन्तरक्रिया सम्पन्न भयो l
 
प्रवासी नेपाली मंच अमेरिका र जनप्रगतिशील मंच अमेरिकाको एकताले जन्माएको उक्त सँस्थाका उत्तरपूर्वी क्षेत्रका अध्यक्ष टेक गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा दुइ संगठन एकता कार्यदलका सदस्य यम लामा तथा राधाकृष्ण देउजाले यहाँको अवस्थाको बारेमा प्रकाश पारेका थिए । 
 
नेपालबाट आउनु भएका अतिथि सांसदहरुले नया सोच, विचार र दृष्टिकोण सहित नेपाल फर्कन नेपालीहरु तयार रहनु अनि नेपाल सरकारले पनि प्रवासी नेपालीहरुलाइ लगानीको सुरक्षाको अलावा अपनत्व पनि दिन तर्फ सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे । 
 
कार्यक्रममा अतिथिहरुको स्वागत संस्थाका नेताका कृष्ण आचार्यले गरेका थिए भने आगन्तुकहरु सबैलाइ धन्यवाद सीता खरेलले गरेकी थिइन् l
 
 कार्यक्रम समापन गर्दै अध्यक्ष टेक गुरुङले संगठनहरुको स्थापना र संचालन आपसी एकता र हितमा हुनुपर्ने , नेपाल वा जुनसुकै ठाउँमा बस्ने नेपालीहरुको हितको खातिर सहकार्य, ठिकको समर्थन बेठीकको विरोधनै आफ्नो र आफु आवद्ध संगठनको एक मात्रै लक्ष्य रहेको प्रष्ट पारे l