मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए आईसीसी पदाधिकारीमा अमेरिकबाट अहिलेसम्म पाँच उम्मेदवार

एनआरएनए आईसीसी पदाधिकारीमा अमेरिकबाट अहिलेसम्म पाँच उम्मेदवार


हिमालयखवर संवादादाता-  
अमेरिका । गैर आवासीय नेपाली संघ (एनअरएन) एनसीसी अमेरिकाकी पुर्व उपाध्यक्ष रविना थापाले पनि एनआरएनए आईसीसीमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
 
थापाले आफ्नो फेसबुक मार्फत शनिवार खुला तर्फको उपाध्यक्ष पदमा उम्मेदावरी दिने घोषणा गरेकी हुन् । उनको यो उम्मेदवारी घोषणासँगै अमेरिकाबाट आईसीसी पदाधिकारीमा उम्मेदवारी दिने आकाक्षीको संख्या पाँच पुगेको छ ।
 
यस अघि उपाध्यक्षमा सोनाम लामा, महासचिवमा डा. केशव पौडेल, सचिवमा गौरीराज जोशी र सहकोषाध्यक्षमा एसी शेर्पाले उम्मेदवारी दिने जानकारी सामाजिक संजालमा सार्वजनिक भईसकेका छन् । रविना यस अघि पनि एनआरएनए आईसीसी उपाध्यक्षमा उम्मेदवार भएर पराजित भएकी थिईन् ।
 
आईसीसी पदाधिकारीमा एउटै देशवाट धेरै उम्मेदवार हुँदा धेरैको हार्ने संभावना देखिन्छ । तर, यस पटक अवस्था केही फेरिनपनि सक्ने वातावरण बन्दै गरेको छ ।
 
यस पटक आईसीसीमा सोनाम लामा उपाध्यक्ष पदमा बलिया उम्मेदवार हुन् । उनलाई संस्थापन पक्षवाट पनि सहयोग र समर्थन मिल्ने संभावना छ । केही महिना अघि वर्तमान उपाध्यक्ष तथा अगामी अध्यक्ष पदका प्रबल दाबेदार कुमार पन्तले सोनामलाई उपाध्यक्ष पदमा ल्याउन सकिने प्रस्ताव पुर्व अध्यक्ष शेष घलेको समुहसमक्ष गरेका थिए ।
 
सोनाम यस अघि उपाध्यक्षमा कुमार पन्त र कुल आचार्यसँग पराजित भएका थिए । तर, सोनाम आफैंले भने उपाध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी भने घोषणा गरेका छैनन् । 
 
महासचिवमा एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा. केशव पौडेलले उम्मेदवारी दिने बताएका छन् । औपाचारिक रुपमा घोषणा नगरेपनि उनले सामाजिक संजाल र व्यक्तिगत रुपमा प्रचार प्रसार शुरु गरेका छन् ।
 
तर, उक्त पदमा युरोपको बेलायतबाट हेमराज शर्माको दावी छ । पन्त र पुर्व अध्यक्ष जीवा लामिछाने निकट मानिने हेमराजलाई पराजित गर्न डा. पौडेललाई निकै सकसपूर्ण छ । 
 
डा. पौडेलले कुल आचार्यलाई सहयोग गर्न पुगेमा यो उनका लागि झन समस्या हुनेछ । पौडेललाई क्षेत्रीय संयोजकमा उम्मेदवारी दिन पनि केहीले सुझाव दिएका छन् । तर उनले निकठस्थलाइ परिचालन गरेर महासचिवमा दावी प्रस्तुत गरेका छन् । 
 
अर्का संभावित उम्मेदवार गौरी जोशीको पक्षमा पनि सामाजीक संजालमा प्रचार प्रसार शुरु भएको छ । गौरीलाई यस पटक आईसीसीमा सचिवका लागि उम्मेदवारी दिन भवन भट्ट र कुमार पन्त दुवैले सुझाव दिईरहेका छन् । 
 
गौरी पनि साझा उम्मेदवारका रुपमा आफ्नो दावी पेश गर्ने तयारी गरिरहेका छन् । गौरीले पनि सहमति र सल्लाहमै आफु उम्मेदवार वन्ने चाहाना व्यक्त गरेका छन् । त्यसैले गौरी यस पटक आईसीसीमा बलियो देखिएका छन् । 
 
एसी शेर्पा सहकोषाध्यक्षका लागि उम्मेदवारी दिने सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । सहकोषाध्यक्षमा उनको को सँग प्रतिस्पर्धा हुन्छ स्पष्ट भएको छैन । तर, उनी पनि बलिया उम्मेदवार हुन् । 
 
पुर्व अध्यक्ष शेष घलेको समूहको सहयोग र समर्थन एसीलाई छ । तर, उनको जित हार प्रतिस्पर्धामा को आउँछ त्यसमा निर्भर छ । एनआरएनए आईसीसीको आगामी नेतृत्व चयन लगायतका लागि अक्टोबरको मध्येमा काठमाडौमा सम्मेलन आयोजना हुदैंछ ।
 
अमेरिकाका नेपालीहरूले भने एउटै पदमा अमेरिकाबाट जानेहरू भीड्ने अवस्था नहोस् भनेर अपेक्षा राखेका छन् । 
 
डेलिगेटका लागि आवेदन फारमः
एनआरएनए अमेरिकाले एनआरएनए आईसीसीमा जाने डेलिगेटका लागि आवेदन लिन शुरु गरेको छ । एनआरएनए अमेरिकाको सदश्यता नम्बर सहित आवेदन फारम भर्न सकिन्छ ।
 
अमेरिका एनआरएनएमा करिव ९ हजार सदस्य छन् । यस आधारमा करिब १ सय ५० जना  डेलिगेटका रुपमा भाग लिन पाउँछन् । यी डेलिगेटले नै नयाँ नेतृत्वका लागि मत हाल्न पाउँछन् ।