मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सस एलपासो मलमा गोलीबारी कयौंको मृत्यु

टेक्सस एलपासो मलमा गोलीबारी कयौंको मृत्यु


हिमालयखवर संवाददाता
अमेरिका– अमेरिकाको टेक्सस राज्य स्थित एल पासोमा भएको गोलीवारीमा १९ जनाको मृत्यु र कयौं घाइते भएका छन् ।
 
शनिवार बिहान करिव १० बजेतिर एलपासो स्थित वालमार्ट सुपर स्टोर नजिकै रहेको सिलो भिस्टा मलमा बन्दुकधारीले जथाभावी गोली चलाएका थिए । यसमा १९ जनाको मृत्यु र करिव ४० जना घाइते भएको एनवीसी न्यूजले जनाएको छ  । मृतक र घाइतेको संख्या यकिन हुन अझ बांकी छ ।
 
उक्त गोलीबालीमा संलग्न भएको आंशकामा एक जना २१ कर्षिय प्याट्रिक कु्रसेसलाई प्रहरीले डलासमा पक्राउ गरेको स्रोतले जनाएको छ । यस गोलीवारीमा अर्का व्यक्तिलाई पनि हिरासतमा लिईएपनि उनको भुमिका थियो थिएन प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 
गोली बारी भएको एलपासो मेक्सिको अमेरिका सिमा नजिक पर्छ । त्यहांको सिलो भिस्टा मल दुवै तिर वस्ने ग्राहक किनमेलमा आउने गर्छन ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टुईट गर्दै एलपासोमा गोलीवारी भएको र रिर्पोट निकै नराम्रो रहेको केहीको मृत्यु भएको उल्लेख गरेका छन् । उनले गभर्नरसंग फोन वार्तामा आफु सहयोग गर्न पुर्ण रुपमा तयार रहेको जानकारी दिएको पनि राष्ट्रपतिले वताएका छन् । टेक्ससका गभर्नर ग्रेग ओवाटले आफु घटनास्थल तर्फ हिडेको बताएका छन्।