मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

मेरो प्यारो साथी

मेरो प्यारो साथी


थाहा भएन तिमि कसरी
मेरो जीवनमा आयौ
मेरा सारा खुसीका संसार
तिमिले नै रङ्गाई  दियौ 

दुख पर्दा आँशु पुछिदिने

म खुसी हुँदा सँगै हाँसीदिने 
चोट लाग्दा मलाम पट्टी गरिदिने 
मेरो प्यारो साथी तिमी 

थाहा छ मलाइ तिमिसँग मेरो
रगतको कुनै नाता त छैन
तर पनि रगतको नाता भन्दा
तिम्रो मायामा कुनै कमि छैन

अन्तिम सास चल्दासम्म
तिम्रो साथ पाईरहूँ
प्यारो साथी तिम्रो साथमा
यसरी नै हरपल जिउन पाउँ 

कामना छ यहि मेरो
तिम्रो ओठमा हाँसो नटुटोस्
जस्तो सुकै कठिनाइमा पनि
तिम्रो मेरो साथ नछुटोस् ।।

– प्रतीक्षा पौडेल
  भदौरे देउराली,कास्की