मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनबाट ४४ नेपाली महिला कामदार फिर्ता

चीनबाट ४४ नेपाली महिला कामदार फिर्ता


काठमाडौँ । चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार आज नेपाल फर्काइएको छ । 
 
बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई  दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा आज नेपाल फर्काइएको हो । 
 
उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गत मे महिनामा उक्त कारखानामा काम गर्न भनी चीन गएका थिए । 
 
दूतावासमा जुन महिनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो प्राप्त भएपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।