मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

साताको शेयर : दुई अर्बको कारोवार

साताको शेयर : दुई अर्बको कारोवार


धितोपत्र बजारमा यस साता करीब रु दुई अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७६४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९३४ मूल्य बराबरको शेयर कारोवार भएको छ । 
 
गत बिहीबार कारोवार मापक नेप्से परिसूचक एक हजार २७२.४९ बिन्दुमा पुगी बन्द भएको बजार यस साताको अन्तिम दिन अर्थात् यही बिहीबार साउन ९ गते एक हजार २६९.९२ मा पुगी बन्द भयो । यस आधारमा हेर्दा साताभर नेप्से २.५७ बिन्दुले घटेको छ । 
 
साताको पहिलो दिन नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुग्यो । कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर रु २९ करोड ८१ लाख ५७ हजार ११६ मूल्यमा खरीद बिक्री भए ।
 
सोमबार शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लाग्यो । सो दिन नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुग्यो । नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भए । 
 
मङ्गलबार नेप्से परिसूचक करीब छ अङ्कले उकालो लाग्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुग्यो ।  परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । 
 
कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए । 
 
बुधबार कारोवार मापक नेप्से परिसूचक उकालो लाग्यो । सो दिन परिसूचक ६.९० अङ्कले बढेर एक हजार २८४.०७ मा पुग्यो ।  परिसूचक बढे पनि कारोवार रकममा उत्साह देखिएन ।  कूल १७० कम्पनीका १३ लाख ४६ हजार ३३० कित्ता शेयर रु ४४ करोड ३४ लाख ८१ हजार ३९१ मा खरीद बिक्री भए । 
 
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३, मिथिला लघुवित्त वित्तीय संस्था ८.५०, दिव्यश्वरी हाइड्रोपावर ७.८१, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.६९ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.६८ प्रतिशतले कमाए । 
 
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता बिहीबार निराश भए । शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो । 
 
सो दिन नेप्से परिसूचक १४.१५ अङ्कले घटेर एक हजार २६९.९२ मा पुगेको छ । प्रतिशतका आधारमा आज परिसूचक १.१० प्रतिशतले घटेको हो । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक २.६६ अङ्कले घटेर २७३.४७ मा पुगेको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकममा भने सुधार देखियो । कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर रु ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भए ।