विचार / ब्लग

बेलायती ‘डोनाल्ड ट्रम्प’ बोरिस जोन्सनको विगत र संभावित भविष्य

967 पटक पढिएको

- कमल कँडेल

26th Jul 2019, Friday | २०७६ श्रावण १०, शुक्रबार २०:४५
अन्तत ५५  वर्षका  बोरिस  जोन्सन  बेलायतको ५५ औ प्रधानमन्त्री भएरै  छोडे । २०१६ मा  डेभिड क्यामरूनको  राजिनामा पश्चात लगभग उनको हातमा परेको प्रधानमन्त्रीको पद उनकै नजिकका साथि माइकल गोभले  ‘गोब्राइदिए’ पछी उनको  बालककाल देखिको सपना तुहिएको  थियो ।  उनी  बालककालमा  नै  संसारको  राजा  (king of world ) बन्छु  भन्थे । 
 
कन्जरभेटिभ पाटीका वरिष्ठ  राजनीतिकर्मी  माइकल गोभले  बोरिस जोन्सनसँग मिलेर यूरोपियन यूनियन  बहिर्गमनको पक्षमा चुनाबी अभियानको  नेतृत्व  गरेका थिए र गोभको  समर्थनमा  बोरिस्  प्रधानमन्त्री  बन्ने  सबैले अड्कल काटेका थिए ।
 
२०१६ को यूरोपियन यूनियन जनमत संग्रहले डेबिड क्यामरूनको जागिर  ‘चट’ गर्यो  भने  टेरिसा मे लाई प्रधानमन्त्री बनायो । अनि  ब्रेक्जिटकै कारण टेरिसालाई राजिनामा दिन बाध्य बनाइयो । जसले बोरिस जोन्सनलाई  प्रधानमन्त्री हुने बाटो खुल्यो ।
 
बेलायतलाई जसरी पनि  जुनसुकै अबस्थामा  सम्झौता सहित वा सम्झौता बिना (डील वा नो डील) ब्रेक्जिटको टुंगो अक्टोबर ३१ भन्दा पहिला  लगाउने प्रतिवद्धता गरेका कारण कन्जर्रभेटिभ पार्टीका लगभग ९२ हजार सदस्यहरुले जोन्सनलाई पार्टी लिडरमा  निर्वाचित  गरेका  थिए ।
 
नेपालको संबिधान सभाको चुनाव पश्चात जसरी संबिधान सभा  अनिर्णयको  बन्दी थियो । त्यसैगरि २०१६ को जमातसंग्रह पश्चात  बेलायती संसदले ब्रेक्जिटको टुंगो लगाउन सकेको छैन। टेरिसा मेले इयुसँग गरेको सम्झौतालाई तीन पटक सम्म संसद पेश  गर्दा पनि  उनकै पार्टीका केहि संसदहरुले भोट  नहाले पछी अनुमोदन भएको थिएन । उनले इयूसँग गरेको सम्झौतालाई संसदबाट पास गराउनका भरमग्दुर प्रयास गरिन  ।
 
आफ्नो दलका कट्टर ब्रेक्जिटवाला संसदहरुलाई  मनाउन नसकेपछि, भोट पाउने आशामा  बिपक्ष दलका केहि संसदहरुको निवार्चन  क्षेत्रमा  ठूलो धन राशी  खर्च गर्ने घोसणा गरिन । बिपक्ष दलका नेताहरूसँग बार्ता गरिन । तर केहि लागेन । उनकै पाटीका चरम दक्षिण पन्थी संसदहरुले उनलाई  राजिनामा दिन बाध्य गरे पश्चात  बोरिस जोन्सन को ‘तालुमा आलु’ फल्यो  । 
 
 
को  हुन्  बोरिस?
अमेरिकामा  जन्मेका,  बेलायको  इटन कालेज र अस्क्फोर्डमा पढेका,  बेल्जियममा काम गरेका  बोरिसलाई मन पराउनेहरुले  गर्ने हरुले दुरदर्शी, आशावादी आदर्स  नेताको रुपमा मान्छन ।  उनका आलोचकहरुले धतंगो, सतही ,  प्रधानमन्त्रीको लागि नालायक  मान्छन ।  उनले  अमेरिकाको नागरिकता  केहि वर्ष अगाडी मात्र  त्यागेका थिए।  उनी आफ्नो पार्टीका सदस्यहरु बीच धेरै लोकप्रिय छन  । 
 
राजनीतिमा लग्नु भन्दा  पहिला  पत्रकारिता गरेका जोन्सनले  डेली टेलीग्राफ नामको पत्रिकामा महिनाको  १० घण्टा खर्च गरेर  बार्षिक £२७५०००.०० कमाउछन  । ताकि बेलायती  प्रधनमन्त्रीको  तलब जम्मा  £१५०४०२.०० हुन्छ ।  उनको पुरा नाम  एलेग्जेंडर बोरिस डे प्फफल जोन्सन (Alexander Boris de Pfeffel Johnson ) ।
 
उनका  जिजुबाजे  अलि केमल  टर्कीका  मुसलमान थिए। उनका हजुरबुवाले नाम परिबर्तन नगरेका भए ओबामाको जस्तै  उनको पनि मुस्लिम थर हुने थियो । 
 
नस्लवादी कि अबसरवादी
गैर  कानुनी अप्रबाशीलाइ  एमनेस्टी  दिनु पर्छ भनेर  वकालत  गर्ने  अाप्रबाशी सम्बधि नीति नियममा लचकताको माग गर्ने , अस्टेलिएन स्टायलको अप्रबासी कानुनको अनुकरण गर्न खोज्नु लाई उनको मध्यपन्थी धारउभिएको देखिन्छ  भने आफ्नो पार्टीका  दक्षिण पन्थीलाई  प्रभाब  पार्न हो वा ‘उनको नानी देखिको बानी’ छेडछाड, घोचपेच नगरी नबस्ने भएकोले उनले कतिले दक्षिन् पन्थी ‘धतंगो’ ठान्दछन।
 
बुर्का लागएका मुसलमान आइमाइलाई लेटर बक्स (letter box)  तुलना  गरे र व्यापक आलोचनाको शिकार भएका थिए । 
 
प्रधानमन्त्री  बन्ने  बित्तिकै  उनले उल्लेख्य रुपमा अल्पसंख्यक पाकिस्तानी, इन्डियन र अफ्रिकन मुलका संसदहरुलाई मन्त्रीमंडलमा समाबेश गरेका छन् । प्रधानमन्त्री पछी सबै भन्दा महत्वपूर्ण मन्त्रालयहरु अर्थ र गृह पाकिस्तानी र इन्डियन मुलका संसदहरु लाई दिनुले पनि बिशेष अर्थ राख्दछ।  
 
त्यस्तैगरि २०१६ को जनमत संग्रह हुनु  भन्दा पहिले इयू  बहिर्गमन को पक्षमा  र बिपक्षमा  छुट्टा छुट्टै दुइवटा  डेली टेलिग्रफ्लाई   ‘लेख’ लेखका थिए । इयू  बहिर्गमनको पक्षमा लाग्दा आफुलाई फाइदा पुग्ने देखि वा प्रधानमन्त्रीको लागि बाटो खुल्न सक्नेदेखि  बहिर्गमनको पक्षमा लेखेको  लेख  डेली टेलिग्राफ मा पठाएका थिए  । पछि ‘ब्रेकजिट’ अभियानमा  लागेका थिए  । लेख  छापिनु  भन्दा पहिले उनीले कुन पक्षमा लाग्ने निर्णय गरेको देखिदैन   त्यसैले उनि नस्लवादी भन्दा  पनि  अबसरबादी  भएको देखिन्छ  । 
 
मिनी डोनाल्ड ट्रंप 
दुवैको  ‘धतंगो  स्वभाब’, घमण्डी , घोच पेच , छेड छाड  गर्ने, होच्याएर बोल्न नछोड्ने, बारम्बार चर्चामा वा विवादमा आइरहने विवादास्पद छविमा  समानता देखिन्छन । दुवैको समय समयमा विवाद आइ रहने दुबैको आदत नै हो  । तर  बोरिस  आप्रवासीप्रति उदार मानिन्छन  भने ट्रम्प अनुदार  । 
 
कन्जर्वेटिभ पार्टी लिडरमा जित्ने बित्तिकै अमेरिकाको बिहानी समय ८ बजे बोरिसलाई  बधाई दिएका थिए । घोचपेच गरेर  बोल्न, लेखन नडराउने , ‘विशेष व्यक्तित्वका’ धनी  भएकाहरुले  उनलाई     डोनाल्ड ट्रम्प  संग तुलना गर्ने गरेका छन ।   डोनाल्ड ट्रंप आफैले  बोरिसलाई  ‘ब्रिटेन को ट्रंप’  भन्दै बोरिसको प्रसंशा  गरेका थिए  ।
 
 
नेपालसँगको सम्वन्ध
एकातिर नेपालले  बेलायतसँगको दुई पक्षीय व्यापारिक सम्झौता गर्नेका लागि बाटो खुल्ने छ  भने  अर्कोतिर बेलायतले नेपाललाई  दिदै आएको  अनुदानमा कटौती हुन सक्ने देखिन्छ ।
 
इरानले  आफ्नो तेल बोकेको  पानीजहाज  कब्जामा लिए पश्चात  रक्षा  बजेट  बढाउनु पर्ने  व्यापक माग भै रहेको अबस्थामा चरम दक्षिणपन्थी संसदहरुको बिशेस प्रभाब रहने  बोरिस जोन्सनको सरकारले अन्तरार्राष्टिय अनुदानमा  व्यापक कटौती  गर्न सक्छ  । कटौतीको  असर नेपाललाई पर्ने नै भयो । भर्खरै संसदिय दलकानेता मा नियुक्ति पाएका जैकब रिस-मग ले यो कुराको संकेत केहि समय अगाडी रेडियो अन्तर्वार्तामा दिएका थिए ।
 
अाप्रबाशी कानूनमा लचकता
गैरकानूनी आप्रबासिलाई  माफी, पोइन्ट  बेस  सिस्टम आधारित आप्रबासीनीतिको वकालत  गर्ने जोन्सनले  केहि अध्यागमन नीतिमा केहि हद सम्म उदारता  देखाउने देखिन्छ    । 
 
गृहमन्त्री  जस्तो महत्वपूर्ण पदमा मा इन्डियनमुलकी प्रिती पटेलको  नियुक्तिले यो कुराको संकेत गर्दछ । यूगांडाका रास्ट्रपति  ईदी अमीनले यूगांडाबाट धपाए पछि  १९६० दसकमामा प्रिती पटेल बाबु-आमा बेलायतमा आएका थिए ।
 
त्यस्तैगरि जोन्सनले जनमत संग्रह अगाडी लाइक माइन्डेड’ कमन वल्थ देशहरुवीच (अष्ट्रेलिया, क्यानाडा, युके, अमेरिका र न्युजिल्यान्ड) “फ्रि भिषा” सम्झौता हुनुपर्ने कुरामा पनि जोड दिएका थिए  ।
 
गार्हो छ बोरिसलाई !
विविध  समस्याले जकडिएको  बेलायत बिशेष अवस्थामा अथवा  ब्रेस्जिट्को  कारण पार्टीभित्र  जन्मेको कलह  यथावत रहेको अवस्थामा प्रधानमन्त्री बन्न  गएका जोन्सनलाई  प्रधानमन्त्रीको जागिर खान त्यति सजिलो हुने  देखिदैन ।  
 
उनलाई पहिलो चुनौती  आफ्नै पार्टी भित्रको झगडा  हुनेछ । ५० भन्दा बडी रिमेंन (ब्रेक्जिट बिरोधी)   संसदहरु भएको कन्जर्भेटिभ पार्टीको  संसदमा आफ्नो बहुमत छैन ।  टेरिसाको  सरकारलाई समर्थन गरेर  सरकार बनाउन मद्दत गरेको  नर्दन आयरल्याण्ड को  डेमोक्रेटिक युनिनिस्ट पार्टी (डी यू पी )का १० सांसदलाई  खुशी पारिराख्नु अर्को चुनौती हुने छ । डी यू पी १० ससद्लाई जोड़दा पनि  जम्मा तस्न भोटले  सरकार बहुमतमा छ ।
 
सरकार बनाई सकेपछी झिनो बहुमतको आधारमा  चलेको सरकार केहि संसदले  विद्रोह गर्ने बित्तिकै ढल्ने अवस्था छ सरकारको । अनि जोन्सन आम निर्वाचन गराउन  बाध्य हुने देखिन्छ ।
 
त्यस्तै संसदले बोरिसको नो डील  इयू  बहिर्गमनलाई  रोकिदिमा  उनीसँग  आम चुनावमा जानुको विकल्प  रहने छैन । त्यस्तैगरी कन्जर्भेटिभ पाटीमा  आफ्नो सुनौलो  भबिस्य  नदिखने २,३ संसद हरुले  कोर्बिनसँग  मिलेर ‘नो कन्फिड़ेस’ साथ  दिएमा पनि  उनी आम निर्बाचनमा  जान  बाध्य  हुने छन । स्कटल्याण्ड लाई  यूनाईटेड किंगडम भित्र राख्नु  पनि अर्को चुनौती हुने छ ।
 
नया ‘ब्रेक्जिट पाटि’को  उदयका कारण  आफ्नो लज्जास्पद हार हुन सक्ने र बहुमत  पुर्याउन नसक्दा  प्रमुख बिपक्ष दलका नेता जोरिमी कोर्बिन अरु कन्जर्भेटिभ बिरोधी पार्टीसँग मिलेर सरकार बनाउन सक्ने  त्राशले कन्जर्भेटिभ पार्टी केहि समयसम्म  एकजुट नै देखिन सक्छ ।
 
(लेखक कमल कँडेल बेलयतमा अध्यगमन कानुन ब्यवसायीका रुपमा काम गर्छन् ।)