मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

‘भवन भट्टले अब चुनाव लड्दैन’

‘भवन भट्टले अब चुनाव लड्दैन’


अमेरिका – गैर आवासिय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेका छन् । अमेरिका समय अनुसार बुधवार दिउसो उनले फेसबुक मार्फत सम्वोधन गर्दै ,धेरै साथिहरुले निरन्तरताको अनुरोध गरेपनि वा केही अधुरा काम रहेपनि आउने कार्यकालका लागि चुनाव नउठ्ने निर्णय गरेको वताए । भवन भट्ट अव आउने कार्यकालका लागि चुनाव लड्दैन उनले भने ।
 
यो घोषणासंगै संस्थालाई आवश्यक परे फेरी जिम्मेवारी लिन पछि नहट्ने वताएर भट्टले केही आशंका भने छाडेका छन् ।
 
यो निर्णयवाट म चालकको सिटवाट पछाडीको सिटमा सरेको मात्र हुं भट्टले भने म एनआरएनएमा भने सधै सकृय रहन्छु ।
 
भट्टले कमजोर व्यक्तिलाई संस्थाको जिम्मेवारी हस्तान्तरण भने नगर्ने वताए । साहस भएको, सक्षम, सम्पन्न र सवैलाई स्विकार्य व्यक्तिलाई म संस्था सुम्पिने छु भट्टले भने ।
 
भट्टको कार्यकाल आउने अक्टोबर दोस्रो साता सम्म छ । दुई बर्ष अघि नै उनी र हालका उपाध्यक्ष कुमार पन्त विच अध्यक्षमा एक आपसमा सघाउने सहमति भएको थियो ।
 
एनआरएनएको विद्यान संसोधन गरेर अध्यक्षको कार्यकाल ३ बर्ष पुर्याउने भट्टको प्रयास स्विकृत नभएपछि उनी दोस्रो कार्यकालका लागि उठ्ने धेरैको अनुमान थियो ।
 
तर, भट्टले आफ्नो सम्वोधनमा संस्थामा आवश्यक परे आफु पुन अध्यक्ष भएर आउन सक्ने संभावना भने रहेको वताएका छन् । यो अभिव्यक्तिले हाल उठिरहेको मुख्य सवालको भट्टले जवाफ दिएपनि भविष्यमा के हुन्छ त्यो भने निक्र्यौल नभएको भन्दै केही आशंकाहरु छाडेका हुन् । चुनावी रणनीतिमा माहिर मानिएका  उनको यो अभिव्यक्तिमा शंका पनि गर्नेहरु छन्  ।
 
अध्यक्ष भट्टको फेसबुक लाइभमा आवाज सहज भने थिएन । उनलाई बोल्न सजिलो नभएको अनुभव गरिएको थियो । उनी प्रत्यक्षरुपमा देखिउका थिएनन् । सम्वोधनका क्रममा उनले आफ्नो कार्यकालमा भएका उपलव्धि लगायत तयार भएका कार्यक्रमको वारेमा पनि केही वताएका थिए । 
 
राजनीतिक प्रदुषण नभएको, एनआरएनए, नीजि स्वार्थीहरुको धेरा वाहिरको एनआरएनए, स्मार्ट एनआरएनए वनाउने आफ्नो प्रयास रहेको उनले वताएका थिए ।