हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको संसद अर्थात कंग्रेसले कामदारको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने विधयक स्विकृत गरेको छ । प्रमुख विपक्षी डेमोक्र्याटीक पार्टीको समर्थनमा आएको उक्त विधयक अमेरिकामा कामदारको न्यूनतम पारिश्रमिक ६ बर्ष मा अर्थात सन् २०२५ भित्र प्रति घण्टा १५ अमेरिकी डलर पुर्याउने उल्लेख छ ।
संसदमा यो विद्येयकको पक्षमा २३१ सांसदले पक्षमा मतदान गरेका थिए । विपक्षमा १९९ मत परेको थियो । सत्तारुढ पार्टी रिपव्लिकन सांसदले विधयक विरुद्ध मतदान गरेका थिए । तर, तीन जना रिपव्लिकन सांसदले भने विद्येयकको पक्षमा मतदान दिए । ६ जना डेमोक्र्याटीक पार्टीका सांसदले भने विद्येयकको विपक्षमा मतदान गरेका थिए ।
अमेरिकामा उच्च र कम आम्दानी हुने विचको दुरी कम गर्न न्यूनतम पारिश्रमिक बृद्धि गर्नु पर्ने माग उठिरहेको छ । अहिले अमेरिकाको संघीय सरकारले न्यूनतम पारिश्रमिक ७ डलर २५ सेण्ट तोकेको छ । यसलाई तह तहमा विस्तार गरी ६ बर्षमा प्रति घण्टा १५ डलर पुर्याउने विद्येयकमा उल्लेख छ । माथिल्लो सदन सिनेटले यो विद्येयकलाई स्विकृत गर्यो भनेमात्र यो कानुन वन्छ । सिनेटमा रिपव्लिकन पार्टीको बहुमत छ । त्यसैले त्यहां यो विद्येयक स्विकृत हुने संभावना भने तत्काललाई देखिदैंन ।
अमेरिकामा शहर पिच्छे न्यूनतम पारिश्रमिक तोकिएको छ । केही शहरमा भने अहिले नै प्रति घण्टा न्यूनतम पारिश्रमिक १५ डलर छ । अनलाइन समान विक्रेता एमाजनले केही महिना अघिनै आफ्नो न्यूनतम पारिश्रमिक १५ डलर पुर्याएको छ । वेरोजगारी दरमा कमीका कारण अहिले अमेरिकामा जागिर प्रशस्त छन् । अहिलेनै कयौं व्यवसायले तोकिएको न्यूनतम पारिश्रमिक भन्दा वढी दिएर कामदार राख्दै आएका छन् ।
यो विधयक सिनेटले स्विकृत नगरेपनि विस्तारै अमेरिकाको न्यूनतम पारिश्रमिक बढ्न सहयोग गर्ने अनुमान गरिएको छ ।
अमेरिकाका अधिकांश शहरमा अहिले घरजग्गाको मुख्य वढेको छ । त्यसैले न्यूनतम पारिश्रमिकमा काम गर्नेलाई घर किन्न, भाडा तिर्न कठिन भईरहेको छ । यसले गर्दा पनि न्यूनतम पारिश्रमिक वढाउन विभिन्न संघ संगठनहरुले दवाव दिईरहेका छन् ।
तर, व्यवसायी पक्षधरहरुले भने न्यूनतम पारिश्रमिक बृद्धि गर्दा उद्योग व्यवसायको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउन चेतावनी दिएका छन् । यसले अमेरिकाको श्रम बजारलाई महंगो वनाउने यो बृद्धिको विपक्षमा हुनेहरुको दावी छ ।
तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया