मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध

बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध


तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बिच भाग (डिभाइडर) मा राखेको बुद्धमूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ । 
 
बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा राखिएका गौतमबुद्धका मूर्ति तोडफोडको घटनाप्रति स्थानीय तह, राजनीतिक दल र व्यावसायिक तथा सामाजिक सङ्घ संस्थाले विरोध जनाएका छन् । 
 
मूर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगरपालिकाले घोर निन्दा र भत्र्सना गरेको छ । राष्ट्रिय विभूति, शान्तिका अग्रदूत, महामानव गौतमबुद्धका मूर्तिमा लगाइएको ‘कुदृष्टि’ ले नगरवासीलाई दुःखी बनाएको नगरपालिकाले जनाएको छ । 
 
रुपन्देहीको नयाँ मिलदेखि शङ्करनगरसम्म बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा स्थापना गरिएकामध्ये पाँच वटा मूर्ति बुधबार राति अज्ञात समूहले तोडफोड गरेको थियो । 
 
तिलोत्तमा नगरपालिकाको आज बसेको कार्यपालिकाको आकस्मिक बैठकले घटनाको निन्दा गर्दै नगरपालिकाको कामबाट अत्तालिएको विकासविरोधी तत्वबाट नियोजित रुपमा घटना गराइएको ठहर गरेको बैठक पछि प्रवक्ता सुरेन्द्र श्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
घटनापछि नगरपालिका क्षेत्रअन्तर्गत पर्ने कोटिहवासम्म बुद्धमूर्ति स्थापना गर्ने नगरपालिकाको योजनामा कुनै परिवर्तन नआउने र आगामी दिनमा बुद्धमूर्तिको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइने बताइएको छ । 
 
लुम्बिनीको महत्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यअनुरुप नगरपालिकाले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई सघाउन गत वैशाख १ गतेबाट छ लेन सडकमा बुद्धमूर्ति राख्न शुरु गरेको थियो । 
 
मूर्ति तोडफोड गर्ने व्यक्ति, समूहलाई कानूनी दायरमा ल्याएर कडा कारवाही गर्न प्रशासनसमक्ष माग गर्दै नगरपालिकाले यो कार्यमा सघाउन सङ्घ, प्रदेश सरकार र सबैमा आह्वानसमेत गरेको छ ।  
 
मूर्ति तोडफोड गर्नेलाई कारबाहीको माग 
 
नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारबाहीको माग गरेको छ । 
 
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान् गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको उल्लेख गर्दै सो निन्दनीय एवं आपत्तिजनक कार्य गर्ने दोषीलाई कारबाही गर्न माग गरेका हुन् । 
 
यस्तै. गौतमबुद्धका मूर्ति तोडफोड गरिएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले स्तब्ध भएको जनाएको छ । नगर अध्यक्ष मोहन चापागाईंद्वारा जारी विज्ञप्तिमा बुद्धमूर्ति तोडफोडजस्तो अराजक
 
गतिविधिप्रति खेद व्यक्त गर्दै उक्त कार्यमा संलग्नलाई पहिचान गरी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ । यस्तै बुद्धमूर्ति तोडफोड घटनाको सिद्धार्थनगर नगरपालिकाले पनि विरोध जनाएको छ ।